Skip to content

मेरा प्यारा जून मामा !


आउँछौ अरे तिमी
राति अँधेरामा
म सुतेको बेलामा
मेरा प्यारा जून मामा !

कसले छेक्यो आउन
दिउँसो उज्यालामा
घाम लागेको बेलामा
मेरा प्यारा जून मामा !

नसुतेर भोलि
हेर्छु भिर पाखामा
तिमी झर्ने बेलामा
मेरा प्यारा जून मामा !

समातेर तिमीलाई
राख्छु कटेरामा
मौका पा´को बेलामा
मेरा प्यारा जून मामा !

नदेखिने रै´छौ
हेर्न खोज्दा डाँडामा
औँसी भा´को बेलामा
मेरा प्यारा जून मामा !

-रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *