Skip to content

बिजुलीले दिने काम टुकीले दिन सक्छर ?


नभकी टल्किने चन्द्र साथै तारा समेत नै,
बादलुको पछ्यौरीमा, लुकायौ किन रूप नै ?

पूर्णेँकी जून आकाशै , लुक्यौ तिमी कतातिर?
हामी नै जून भन्दै छन्, जुनकिरी यतातिर।

पछ्यौरी राख थन्क्यायी ओढौली शीत कालमा,
टलक्क टल्किँदै आऊ अमृत छर रातमा ।

बिजुलीले दिने काम टुकीले दिन सक्छर ?
दक्षले सजिलै गर्ने, अदक्ष गर्न सक्छर ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *