Skip to content

बिदेसिँदाको पीडा


सम्पूर्ण परदेशी मित्रहरुमा समर्पित

विदेश गएर मोज मस्ती गर्न थालेछु
साथीभाइ सबैलाई बिर्सन थालेछु
चार पैसा जाबो कमाउँदैछु भन्दैमा
म त आजकल औकात देखाउन थालेछु।१।

सम्झिन्छु जिन्दगीका असीमित ती हारहरू
साथीभाइ मित अनि अलिअलि जीतहरू
काम गर्दै बगेका यी धारहरू पसिनाका
मुटु दुख्छ सम्झेर ती शब्दवाणका प्रहारहरु।२।

घरको जस्तो मोजमस्ती परदेशमा हुन्छ कहाँ
ओइलाएको फूलसरी ओइलाउँदैछु आज यहाँ
लाखौं दुखकष्ट सही सपनाहरू किन्दै छु म
स्वार्थीहरू राम्रोसँग सबैलाई चिन्दैछु जहाँ ।३।

जागीर छैन मेरो देशमा हिम्मत छैन मागी खाने
रहर कसलाई छ र यहाँ जन्मभूमि छाडी जाने
परदेशीलाई नहान है तिखा बाण बिन्ती गर्छ
सुमधुर सम्बन्धलाई तड्पाई तड्पाई मारी जाने ।४।

— आर.एस.महरा
भि.न.पा १० तिलकेनी,कञ्चनपुर
हाल दक्षिण कोरिया

1 thought on “बिदेसिँदाको पीडा”

  1. मुक्तकको नियम लागु भएको छैन,
    मुक्तकको नियम लागु भएको छैन, कृपया लेखनमा ध्यान दिनुहोला । ।
    कविता जस्तो देखिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *