Skip to content

रेलै रेलैमा


यो रात पनि कति लामो ओ भैरहवा !
रातभन्दा लामो बाटो,
बाटोभन्दा लामो झन् तिम्रो सम्झना !

मिर्मिरेमा तिमीलाई भेट्न आएँ म
पिरतीको तीर्खा सबै मेट्न आएँ म
रुपै तिम्रो झललल ए ..ए भैरहवा
मुटुभन्दा प्यारो मलाई तिम्रो सम्झना !

तिमीलाई छाडी जाने मन त थिएन
यो मनभन्दा रमाइलो अन्त थिएन
आँखैबाट बररर ए..ए भैरहवा
बगाएर हिंडें म त तिम्रो सम्झना !

रेलै रेलैमा ..ए रेलै रेलैमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *