Skip to content

समाजमा उसलाई नाम दिनु पर्छ


समाजमा उसलाई नाम दिनु पर्छ
बगाउँछ पसिना है काम दिनु पर्छ

बेरोजगारी धेरै भो मेरो मुलुकमा
युवालाई हैन भने दाम दिनु पर्छ

कुपोषण असुबिधा अब बिकटमा
यत्र तत्र बच्चालाई माम दिनु पर्छ

चर्कोघाम पसिनाले तन भिजेकोछ
थाकेपछि शीतलता शाम दिनु पर्छ

अन्धकार घरभित्र ओसिएका मन
सुकाउन प्रकाशको घाम दिनु पर्छ
नाम : समीर भण्डारी
हाल : मुम्बई महाराष्ट भारत

Leave a Reply

Your email address will not be published. Required fields are marked *