Skip to content


सुकेका फूल किताबका पत्रमा देखेर याद ताजा भो
समयले कुल्चिएर थोत्रिएका पाना देखेर याद ताजा भो

आधा उघारिएको त्यो झ्यालमा आँखा टाँस्नु
एकझल्को पाउन उनको बाटोको पर्खालमा बस्नु
उनी हिँड्ने बाटोमा ओहरदोहर गर्ने त्यो बेफुर्सदिलो पल
जीवनको यात्रामा कतै छुटेको त्यो अमूल्य पल
धमिलो धुलिएको तस्विर पुरानो देखेर याद ताजा भो
समयले कुल्चिएर थोत्रिएका पाना देखेर याद ताजा भो

एकदिन बन्द भएको फेरि नउघारिएको त्यो झ्याल
मलाई कुर्दै एक्लो भएको बाटोको त्यो पुरानो पर्खाल
त्योबाटै नहिँड्ने कसम खाएपछिको त्यो फुर्सदिलो पल
आफ्नै जिन्दगीले आफैसँग गरेको त्यो छल
आँसुका बुट्टाले भरिएको पाना देखेर याद ताजा भो
समयले कुल्चिएर थोत्रिएका पाना देखेर याद ताजा भो।

२०७१/१०/२४
चावहिल, काठमाडौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *