Skip to content
GehendraAdhikari


यो सुन्दर संसारको लालची दुनियाँमा,
एक यक पलले अर्थहिन पाईला चालिरहँदा,
म निशब्द छु ।
जहाँ हरेक दृढ सोचमा शङ्कालु नजर हुन्छ,
तर पनि यही समाजमा बाँचिरहेछु।
केही पाउने आशामा ताकी आफूमा सन्तोष गर्न सकुँ ।

हरेक पलहरू यस्ता बुनिन्छन,
हाडिमा भुटिएको मकै सरी।
आकर्षित गर्ने खालका हुन्छन्न
तर उछिट्टिएर बयान
गर्न नपाउदै टीका-टिप्पणीले छोपिहाल्छ्न,
हो म त्यही समाजमा बाँचिरहेछु।
जहाँ यथार्थलाई होइन यथास्थितिलाई पुकारिन्छ ।

कुन्नि कस्तो लेखिदिए भावीले भाग्य
डुब्नलाएको घामको झुल्को जस्तै
जहाँ यौटै आशा छ कसैलाई निम्तो दिनपाउ
हो यस्तै छ,हर घडीमा
खुट्टा तान्नेदेखि लाचारीपन देखाइ डुब्नलाएको
घाम बनाउने
म त्यही समाजमा बाँचिरहेछु।
जहाँ एक एक पलको आडम्बरी तत्व पर्छाएको छ ।

हरेक ठाउँमा अल्झिएको जनैसरी,
पङ्ति मिलाएर राखिएको पाउछु।
तर कतिखेर अस्तित्वहिन हुन्छ पत्तो पाएको छैन।
थाहा पाएको छैन,
गाउबाट झरेका अनपढ अग्रपंक्तिमा बस्दै,
घन्टौको प्रतीक्षाबाट हसिलो अनुहारसाथ निस्किएको
हो म त्यही समाजमा बाँचिरहेको छु।
जहाँ तिम्रो गोजीको सामर्थ्य चल्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *