Skip to content

एक शब्दले प्रेमको गाँठो

  • by

एक शब्दले प्रेमको गाँठो झन् कसिएको हुनुपर्छ।
जस्को गुनगान भो, उसैसँग नजिकिएको हुनुपर्छ।

तिमी दोबाटोमा कुराएर, लामो यात्रामा निस्कियौं
स्वीकृति नपाए पछि प्रेमपत्र च्यातिएको हुनुपर्छ।

सत्य,त्रेता,द्धापरभन्दा कलियुगमा आयु रहेनछ !
फलामको आयु सकिएकै दिन, खिएको हुनुपर्छ।

मौकामा हिरा फोर्ने’ कुबेर कहाँ गए, खोज्नेहरू ?
छेपरोले जस्तै मौका छोपेर, बदलिएको हुनुपर्छ।

तिमीले आसु पिएर, खुशी दिने कुचेष्टा नगर अब!
हर साँझपश्चातापमा, त्यहीं आसु पिएको हुनुपर्छ।

दिवाकर भट्टराई
दमौली, तनहुँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *