Skip to content


आजै घाम लागेको
आजै पानी परेको
स्वर्गबाट इन्द्रेनी
धर्ती हेर्न झरेको !

“निधारमा रङ्ग्याउन
सप्तरङ्गी टिकी
तिहारमा लगाइदेऊ न
त्यसैबाट झिकी”

यसो भन्दै दिदीसँग
मैले कुरा गरेको
जति बेला इन्द्रेनी
धर्ती हेर्न झरेको !

वारि पारि फैलिएर
रङ्ग जिउमा छरी
के हेर्दैछौ ढाड बङ्ग्याई
कुप्रो परी परी ?

कहाँबाट कसले होला
यति रङ्ग छरेको
के देखेर इन्द्रेनी
धर्ती हेर्न झरेको !

रमेशचन्द्र घिमिरे, लमजुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *