Skip to content


लम्पसारवाद
हामी टाउको हराएको मान्छे
आफैलाई खोज्दै र सोध्दै भौतारिन्छौ
एकले अर्कोलाई लम्पसार पार्दछौ र फलाक्दछौ म राष्ट्रवादी
आफ्नो घर झगडा छिमेकीसँग रुन्छौ उस्को चिसा हातको पिठ्युमा धाप पाएर नतमस्तक हुने गर्दछौ
निर्बिकल्प मेरो देश सन्तानलाई भन्छिन किन टाउको गुमेका अगुवा छान्छौ
भात खान पुग्ने टन्न खेत बारी त थियो किन भातुवा लागेको
सबैसामु नाङो भएर कस्तो देश प्रेम जागेको
एकले अर्कोलाई दिएको घाऊ देखाएर कुन मलहम खोजेको
हे टाउको हराएका आँखा गुमाएका अगुवाहरू
एक पटक छामेर हेर शिर तिमीसँग नै छ
यही माटोको ज्ञान भर आफ्नैको भर गर
तिम्रा बिगतका कर्मको फल लाखौंजन बिदेशी श्रमभट्टिमा पोलिन वाध्य छ
छिमेकी फेर्न सकिन्न होला तर
आफ्नो साध सीमाना बेर्न सकिन्छ
यो पवित्र भूमिमा पवित्र मन र मस्तिक
भाग बन्डा नगर यो सब तिम्रो हो
चेतना भया

Leave a Reply

Your email address will not be published. Required fields are marked *