Skip to content


गाउँले केटो सहर छिर्यो त
सहरिया भइदियो,
एक दुई अङ्ग्रेजी बोल्यो त
बिदेशी भइदियो,
एक दुई सेर गजल लेख्यो त
ऊ गजलकार भइदियो,
त्यही सेरमा म, तिमी र ऊ, उनी
थपिदियो समाजमा प्रेमी भइदियो
पढेपछि जागिर खोज्यो
तर नपाएपछि ससुरालीमा कबाडी भइदियो!!

बिशिष्ट नै थियो श्रेणी,
पढेकै थ्यो मास्टर तर
आफ्नो लागि ऊ अभागी भइदियो
जान्ने सुन्नेबाट कबाडी भएपछि
अन्तमा ऊ परदेशी भइदियो
के गर्नु त अब देशमा रही,
समय अनुसार समाज र दृष्टिकोण
परिवर्तन भइदियो
समय अनुसार सोच पनि परिवर्तन भइदियो!
सोच पनि परिवर्तन भैदियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *