Skip to content

यो हो बाँसको तामा !


माथि शिरदेखि
तल पाउसम्म
छोपी जिउ टम्म
बस्छ गजधम्म
लगाएर जामा
यो हो बाँसको तामा !

पैल्यै उमालेर
तीतो स्वाद मारी
ट्वाक्क पारी पारी
खाऔँ तरकारी
भन्नुहुन्छ आमा
यो हो बाँसको तामा !

कुनै अल्लि छोटा
कुनै चाहिँ लामा
हेर्न जाऔँ मामा
तल पखेरामा
गाडीएझैं खामा
यो हो बाँसको तामा !

रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *