Skip to content

परागमा छर्छु मिठाे सुवास


म सृष्टि गर्छु म विनास गर्छु
म विश्वको रेख र देख गर्छु
म गर्छु नौलो अब काम खास
परागमा छर्छु मिठो सुवास ।।

मनुष्यले गर्दछ धेर आस
फुलाउँला माघतिरै गुराँस
धरा सबैको अति भो विनास
परागमा छर्छु मिठो सुवास ।।
-हाेम सुवेदी

Leave a Reply

Your email address will not be published. Required fields are marked *