Skip to content


तिम्रो मेरो चर्चा चले चल्न देऊ बजारमा
हाम्रो मायाको चर्चा चले चल्न देऊ हजारमा

लुकाएर राख्छु तिमीलाई आँखा भित्र परेलीमा
हरपल हरक्षण मेरो सम्झना को तरेलीमा
दुनियाको नजर परे पर्न देऊ बजारमा
तिम्रो मेरो चर्चा चले चल्न देऊ बजारमा

सुनको माया गुनको माया पनि दिउला
उकाली ओराली सुख दुख साटि जिउला
चोखो मायाको कुराकाटे काट्न देऊ बजारमा
हाम्रो मायाको चर्चा चले चल्न देऊ हजारमा

लाक्पा शेर्पा समर्पित
काठमान्डौ, सुन्धारा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *