Skip to content

कोही नहुनेको त, न नाम न थर हुन्छ नानू
हीरा बाटो मा भेटियो भने, पत्थर हुन्छ नानू

माया आखा बाट मन, मन बाट मुख मा आए
दुनिया लाई चियोचार्चा को, ख़बर हुन्छ नानू

मलाई नसिकाऊ भो ,केहि त थाहा छ नियम
मंदिरमा पूजा गरे नि , बर सदर हुन्छ नानू

बगैचामा मुस्कुराउने फूल कोठा मा थन्केपछि
भन्छन मुल्य बढछ ,गाउ शहर हुन्छ नानू

कहिले बाटो लाग्दा,छिरे हुन्थ्यो घर तिर
एक पल सही ,पुरा दिनेश को रहर हुन्छ नानू

(नेपाल जापान डट कम मा प्रकाशित )

Leave a Reply

Your email address will not be published. Required fields are marked *