Skip to content

पहिले पाप पछि भगवान


पहिले पाप पछि भगवान क्या गजब छ
पहिले सम्मान पछि बदनाम क्या गजब छ

गर्नेले गर्छ नगर्नेले हेर्छ यो समाजमा
गर्नेलाई होइन नगर्नेलाई सम्मान क्या गजब छ

हिडेका छन् भोलिवादलाई आफ्नो बाबु सम्झेर
भ्रष्टचारीले समाज फेर्ने अभियान क्या गजब छ

निर्दयी भई सारा जनताले राजनीति गर्दा
खुकुरी नचाई हिड्नेलाई मानैमान क्या गजब छ

अर्जुन पाण्डे “दीक्षित ”
तुलसीपुर ६ दाङ्ग
(रेडियो तुलसीपुुर एफ.एम)

Leave a Reply

Your email address will not be published. Required fields are marked *