Skip to content

न्यु-योर्कमा कलाकार तथा साहित्यकार नदियाले समारोह भावुक बनाइन्


न्यु योर्क,

गत जुन १६,२०१८ शनिबारको दिन न्युयोर्कको ज्याक्सन हाईट्स बेलिजिनो सभा कक्षामा अन्तर्राष्ट्रिय साहित्य समाज न्युयोर्क च्याप्टरद्वारा आयोजित कलाकार तथा साहित्यकार नदिया लिबाँगको कविता संग्रह “नदिया लहर“ लोकार्पण कार्यक्रम भव्य सफलताको साथ सु-सम्पन्न भयो ।

कार्यक्रममा स्रष्टा नदिया लिबाँग र उहाँको छोरी क्रिष्टलद्वारा अभिनित “एउटी छोरीको प्रतिज्ञा” शिर्षक कविताको छाँया चित्र साथै गीतकार धन लामाको शब्दहरु, गायिका अन्जु पन्तको स्वर र नदिया लिबाँग, कृष थापा र अनु खड्काद्वारा अभिनित गीतको छाँया चित्र पनि प्रस्तुत गरिएको थियो ।

दुई दशकदेखि विश्वकै सम्राटराज्य न्युयोर्कमा बसोबास गर्दै आएकी लजालु स्वभाव कि कलाकार तथा साहित्यकार नदियाले लिबांग थापाले कार्यक्रमबीच कवितालाई श्रव्यदृश्यमा प्रस्तुत गरिदा दर्शक तथा सहभागीहरू भावुक भएका थिए । लामो समयको अन्तराल पछि उनले कविता पुन लेख्न थालेकी हुन् भने उनको यो प्रथम पुस्तक हो ।

कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि अन्तर्राष्ट्रिय साहित्य समाज पूर्व केन्द्रीय अध्यक्ष तथा हाल बोर्ड अफ ट्रष्टी गीता खत्री तथा विशेष अतिथि नेपाल नियोगका बाणिज्यदुत तथा साहित्यकार कृसु क्षेत्रीद्वारा पानसमा बत्ती बाली गरिएको थियो । नेपाली राष्ट्रिय गान कलाकार संगीता मुखिया छोचोनको साथ सामुहिक रुपमा प्रस्तुत गरिएको थियो भने अमेरीकी राष्ट्रिय गान पनि प्रस्तुत गरिएको थियो ।

अ ने सा स न्युयोर्क च्याप्टरका अध्यक्ष तथा साहित्यकार राजेन्द्र श्रेष्ठले उपस्थित सम्पूर्ण साहित्यकार, साहित्य अनुरागीहरु, समाजका भद्र भलाद्मीहरू तथा पत्रकारहरुलाई धन्यवाद दिंदै स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

“नदिया लहर” कविता संग्रह कृतिको लोकार्पण सर्जक नादिया लिबांगका साथ प्रमुख अतिथि गीता खत्री,विशेष अतिथि कृसु क्षेत्री,सभाका अध्यक्ष राजेन्द्र श्रेष्ठ अ ने सा स न्युयोर्क शाखाका पूर्व अध्यक्ष तथा साहित्यकारहरू ज्योति पौडेल,पूनम काफ्ले र विकास बिष्टले गरेका थिए ।

अ ने सा स न्युयोर्क शाखाका अध्यक्ष राजेन्द्र श्रेष्ठले शाखाको तर्फबाट सर्जक नदिया लिबांग साथै उहाँको परिबारलाई दोसल्ला र पुष्प गुच्छाले अभिवादन र सम्मान गर्नुका साथै अन्य साहित्य अनुरागीहरुले खादा र पुष्प गुच्छाले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा अ ने सा स न्युयोर्क शाखाका सदस्य लक्ष्मी श्रेष्ठ साथै पूर्व अध्यक्षहरू तथा साहित्यकारहरू विकास बिष्ट,ज्योति पौडेल, पूनम काफ्ले तथा अन्य साहित्यकारहरू धन लामा, संगीता उप्रेती, अर्जुन दाहाल तथा शारदा क्षेत्रीले श्रष्टा नदिया लिबांगलाई शुभकामना व्यक्त गर्नुभएको थियो भने साहित्यकार तथा संचारकर्मी ज्योति कुमार श्रेष्ठ र नदियाको पति विश्व थापाले मन्तव्य तथा शुभकामना व्यक्त गरेका थिए ।

यसैगरी डा. विष्णु बिभु धिमिरे, प्राज्ञ डा. अमर गिरी,राधे श्याम लेकाली तथा डा. ज्ञानु पाण्डेले नदिया लिबाँगको कृति “नदिया लहर” को लागि नेपालबाट पनि पठाइएको शुभकामना सन्देश श्रब्य दृश्य मार्फत प्रदर्शन गरिएको थियो ।

कृतिको समीक्षा कृसु क्षेत्री तथा गीता खत्रीले गरेका थिए । यसैगरी स्रष्टा नदिया लिबाँगले आफ्नो साहित्य यात्राको स्मरण गर्दै मन्तव्य र सम्पूर्ण अतिथिहरुलाई धन्यवाद र आभार व्यक्त गरेकी थिइन् ।

उक्त कार्यक्रमको संचालन अ ने सा स न्युयोर्क शाखाका उपाध्यक्ष शकुन ज्ञवालीले गरेकी थिइन् भने कार्यक्रमका सभापति राजेन्द्र श्रेष्ठले कार्यक्रमको समापन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *