Skip to content

विश्वकपको जात्रा

SurendraPokharel


२०१८ को रूसमा एक जात्रा चलिरहेछ
जसमा ३२ वटा देश आफ्ना ३२ वटा दात देखाउदै नाचिरहेछन्
८४ हजार दर्शक प्रत्येक्ष दर्शी छन् १०८ लाख अपत्यक्षदर्शी
४ वर्षमा हुने यो जात्रामा अनेक देखिन्छ ।

जब सुरू हुन्छ यो जात्रा ९० मिनेटसम्म चल्ने
त्यसपछि शुरू हुन्छ असली जात्रा हाम्रा फेसबुकका वालहरूमा
शुरूहुन्छ हावा नदिने पङ्खाहरूको बहाव
फुर्न थाल्छन टुइटेका टुइट

जब आउछ पोर्चुगलको म्याच रोनाल्डोले कला देखाउँछ
मेस्सीले अर्जेन्ड कला देखाउछन्,
नेइमारले देखाउँछ बाउन्स कला
तर त्यो कला कहाँ मनपरी कला हो र ?

रेफ्री नामको निर्देशन र कम्मेन्टिटरको लेखनले कथा पुरा हुन्छ
कथाका पात्रहरूको रोल त एउटै हो तर
यहा निर्देशकले रातो कार्ड देखाए भने
कलाकारको कला धरापमा पर्छ

टुइटेका टुइट फुर्न थाल्छन त्यसैमाथि
मेस्सीले जब पेनाल्टी मिस गर्छ
त्यसपछि एक्कासि उसको लिङ्ग परिवर्तन हुन्छ
ट्रोलका हाकिमहरू व्यस्थ हुन्छन
मेस्सी मिस पेनाल्टी रोनाल्डो पेनाल्डो ।

नेइमार जब ग्राउन्डमा लडछ
त्यसपछि देखिन्छ कलाकार फेसबुकका भित्ताहरूमाझ
थारो जर्सी भिरेकाको फोटो खिचेर
ट्रोलको विजनेस फस्टाउँछ अरबौ दर्शक कमाउँछ ।

जब विश्ककपकाका जात्राहरू सकिदै जान्छन
हावा नदिने पङ्खाहरू पनि कोमामा पुग्छन
एउटा मख्ख पर्छ मेरो टिमले विश्वकप जित्यो
अर्को मख्ख पर्छ तेरो टिमले के खेलेको

हैन तैले के रोजेको
मेरो सपोर्टर देशलाई हेप्न खोजेको
विश्वकपले विश्वयुद्ध निम्तो गर्छ
म सम्झाउसु मलाई चिया खाने कप देओ त जितेकाहरू।

Leave a Reply

Your email address will not be published. Required fields are marked *