Skip to content

रविलाई देश निकाला गर


दीन दुःखीको सारथी बन्छ, रविलाई देश निकाला गर
वेचियका चेलीको उद्दार गर्छ, रविलाई देश निकाला गर

घरमा पनि छट्पट् छट्पट् गर्ने, सुत्ने खानेको टुङ्गो छैन,
तस्करीको अड्डा खोजी गार्यो, रविलाई देश निकाला गर

खुसु खुसु सुकारी गर्ने, घुसखोरीको पछि लाग्ने,
जो रंगेहात लाईभ गर्यो, रविलाई देश निकाला गर

गल्ली चोकमा न्याल्दै हिड्ने, दयालु मन छताछुल्ल पारी,
पिडीतलाई मलम लायो, रविलाई देश निकाला गर

वेचिएका चेलिहरू चियो गर्ने, ठाउँ ठाउँ क्यामेरा राख्ने,
रिपोर्ट २४ न्यूजमा देखायो, रविलाई देश निकाला गर

सबै बुझक्कड भ्रममा भए, दुख सुख उसैलाई सुनाउने,
सबैका कुरा सन्ने भयो, रविलाई देश निकाला गर

दिन दुःखीको सारथी बन्छ रविलाई देश निकाला गर
वेचियका चेलीको उद्दार गर्छ, रविलाई देश निकाला गर

हेम जङ्ग कार्की
ओखलढुङ्गा

1 thought on “रविलाई देश निकाला गर”

  1. गजलको नियम लागु भएको छैन,
    गजलको नियम लागु भएको छैन, कृपया लेखनमा ध्यान दिनुहोला । । गजलको आफ्नै केहि नियमहरु छन कृपया गजलभनेर लेख्नु अघि ध्यान दिनुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *