Skip to content


हो रैछ संसार निशा समान
आएन ज्यूँदै रहँदा नि ज्ञान ।।

भन्यौ तिमीले अघि मन्त्र यस्तो
साँच्चै बुझें आज नयाँ विधान ।।

बग्दैछ आँसु गहबाट मेरो
मानौ फुटेको छ नयाँ मुहान ।।

उत्थानका क्यै परिणाम छैनन्
खन्दैछु आफ्नो म स्वयं चिहान ।।

पर्खेर बस्तैछु नयाँ उज्यालो
सम्भावनै छैन हुने बिहान ।।

गन्तव्य मेरो किन हो हरायो
भेटिन्न नौलो किन प्रावधान ।।

बाढी र पैरो अति नै चलेर
मेरै बगायो किन हो जहान ।।

एेले म धेरै पछुताउमा छु
मै माथि हे दैव परेछ घान ।।

वर्षादको बाढी चलेछ यस्तो
आतङ्क झैं फेरि उठ्यो उफान ।।

सक्छौ भने फेर विधान अर्कै
र होमलाई अब माथि तान ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *