Skip to content

परिवारमा खुसी आउदैछ भनु या छाडिदैछ
एकातिर साहुको ऋणको ब्याज थपिदैछ
त अर्कोतिर मेरो मनको बोझको भारी,
जिबनको कुनै सपनालाई धित मार्दै
ठूलो पिलेन चढ्ने सपना र
त्यो सपनापछिको संसारमा डुल्दै
टोलाउदैछु,साथिसङ्गीमाझ रमेको त्यो रात
र गाउको सम्झना गर्दै
हेर्दै पटकपटक आकाशमा उडिरहेको हवाईजहाज।

रोईरहेकीछिन आमा,मलिन अनुहारमा छन बाबू
रसायका नयनमा सम्हाल्दैछिन आँसु पियसि
र सोध्दैछन छोराछोरी मम्मी बाबा कहाँ जानुभको?
“नयाँ नयाँ नाना र मिठी लिन पर जानुभको
भन्दै फकाउदैछिन रोइरहेका छोराछोरी
देखाउदै आकाशमा उडिरहेको हवाईजहाज
देखाउदै उडिरहेको हवाईजहाज।

कैयौं सपनाहरुमाझ
आफ्नो गतिमा दुरि छोट्याउदै
यो जन्मभूमिलाई जननिमानी
घरको छानो चुहिन र घरपरिवारको
साझबिहानको एकमानो जोगाउने सपना बोकेका
कैयौं भारी मन लियर उडिरहेछ हवाईजहाज
कैयौं भारी मन लियर उडिरहेछ हवाईजहाज।

त्यो सोचले निम्त्याएको बेरोजगारिको
भागिदार भई हर्लिक्सको घ्यु बट्टा
,पोको पारिएको गुन्द्रुक र कैयौं यादहरु बोकि
परिवारबाट साईतको टीका लगाई
बिदा भई हिडेका कैयौं निराश अनुहार बोकि
उडिरहेछ हवाईजहाज
कैयौं निराश अनुहार बोकि उडिरहेछ हवाईजहाज।

Leave a Reply

Your email address will not be published. Required fields are marked *