म नि खेल्न आउँछु
मीठो गीत गाउँछु
बस त्यतै भुली
पर्ख बहिनी बाटुली
खाजा मीठो मीठो
खोजी ल्याउँछु छिटो
यता उता डुली
पर्ख बहिनी बाटुली
सानी आइसकिन्
खेल्न लाइसकिन्
आउलिन् अब ठूली
पर्ख बहिनी बाटुली
नाच्दै गीत गाऔँला
खेल्दै खाजा खाऔँला
– रमेशचन्द्र घिमिरे