Skip to content

प्रभो ! महा तोक तिमी रहेछौ


प्रभो ! महा तोक तिमी रहेछौ
त्रिलोकका लोक तिमी रहेछौ

कृपा छ तिम्रो सबमा समान
समृद्ध वा भोक तिमी रहेछौ

सुकर्ममा प्रेम छ उच्च तिम्रो
कुकर्ममा झोक तिमी रहेछौ

निहाल कैले छ प्रहार कैले
पियार वा नोक तिमी रहेछौ

विपत्तिमा आश्रय हौ बलिष्ठ
सदाशयी चोक तिमी रहेछौ

कहीँ छ सम्भार कहीँ विनाश
खुसी तथा शोक तिमी रहेछौ

तिमी विना ठप्प छ जिन्दगानी
खुला तथा रोक तिमी रहेछौ

सकिन्न तिम्रो महिमा कथेर
यहाँ सबै थोक तिमी रहेछौ

(उपेन्द्रवज्रा छन्द)
५ अक्षरमा विश्राम

-कोमल भट्ट
च.न.पा-१३
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका

1 thought on “प्रभो ! महा तोक तिमी रहेछौ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *