Skip to content

सुरेन्द्र महर्जन”अमर” को “अदभूत” सार्वजनिक


नेपाली भाषा, साहित्य र कला क्षेत्रमा निरन्तर साहित्य सृजना गर्दै पाठक माझ कहिले गीत, कहिले कविता, कहिले उपन्यास विविध विषयमा कलम चलाउँदै आउनु भएका कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन”अमर” को अठारौं कृति “अदभूत” उपन्यासको अडियो सार्वजनिक भएको छ ।

“अदभूत” उपन्यासभित्र अलग्गै अरू कथाभन्दा छुट्टै कथा समावेश गरेर सार्वजनिक भएको अडियो सुन्दा पाठकले छुट्टै मजा पाउनु हुनेछ । “अदभूत” पुस्तकको अडियो सार्वजनिक हुनु अघि नै सुरेन्द्र महर्जनको दुई वटा कृति अडियोमा सार्वजनिक हुँदा धेरैभन्दा धेरै पाठकहरूले उपन्यासकारको उपन्यास मन पराई दिनु भएको र अहिले सार्वजनिक भएको अडियो पनि पाठक एवं उपन्यास प्रेमी सबैले मन पराई दिने उपन्यासकारको धारणा रहेको छ ।

सन्तोष श्रेष्ठको संगीतमा रहेको गीतहरूको संगीत रहेको संगीतले छुट्टै आनन्द दिने छ भने कथामा बज्ने थोरै अर्थात स्थायी गीत राजकुमारको संगीतको रहेको छ । मदनकृष्ण श्रेष्ठ, मेलिना राई, संगीता रायमाझी र स्वयं उपन्यासकार सुरेन्द्र महर्जनको स्वरमा रहेको गीतहरू भित्रका संगीत यस “अदभूत” भित्र समावेश छन् । मिठो संगीतहरू उपन्यासको अडियोमा रहेको कारण सुन्दा पनि आनन्द आउने त्रिवेणीको रूपमा कथा, गीत र संगीतले पुस्तक अध्यन गर्दा लाग्ने समय छोटोभन्दा छोटो समयमा सकिएको जस्तो हुनेछ ।

कृष्णराज अधिकारीको सुन्दर वाचन शैली अनि गीत, संगीत र कथामा उपन्यासकारको कथाले नेपाली साहित्य र संगीतमा नयाँ आयाम थपिएको छ । जन्मदेखि यौवनका कथा, दु:खसुखका कथा, हिम्मत नै ठूलो अनि महान रहेको कुरा कथामा भेट्न सकिन्छ । कथा युटुवमा सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *