Skip to content

जे सोचेको थिए मैंले अर्कै भयो हेर सानू
दुबै हातमा लड्डु खोज्दा मर्कै भयो हेर सानू

चाँडो विश्वास गर्नु हुन्न भन्या मैंले सुन्या थिए
मुसल धारे पानीको चाह सर्कै भयो हेर सानू

नजिकका त आफ्नै लाग्थ्यो बदलिएछन् सबै
भाग खोसी हरी खानेहरु घर्कै भयो हेर सानू

ओरालीमा लाग्या मृग हेप्नेहरु देखें ज्यादा
कुरा काट्ने पछाडी त यहाँ लर्कै भयो हेर सानू

Leave a Reply

Your email address will not be published. Required fields are marked *