क्षणिक सुख देखी जाने बैगुनी त्यो फूललाई
सम्झनु हुन्न भन्छन् बैंसको मात भूललाई।।१।।
म तिम्रै हुँ भनी आत्मीय सामिप्यता गाँसेर नि
चटक्क मुटु चुडाली जाँदा भुल्यौ र गुनलाई।।२।।
सोचिन मिलन पछि विछोड हुन्छ होला भनी
अतित सम्झी उठ्ने यो रोकौं कसरी सूललाई।।३।।
एक्लै छु म चौतारीमा उन्को काखमा निदाएको
बैरागी पागल प्रेमी भन्छन् के सम्झाउ हुललाई।।४।।
माया लाग्छ उन्को कति गुमाएको वस्तु प्यारो
तर्कना छाँउदा फुट्ने रोक्न गाह्रो यो मूललाई।।५।।