Skip to content

निरोगी भइ बाँच्नुस् सधैं तपाईँ गर्छु यही कामना
उमङ्ग खुशी छाओस् जीवनमा गर्छु यही कामना।।१।।

जीवनमा कहिले पनि नहोस् पराजय अनि हार
विश्व नै जित्नुस् है सामर्थ्यले गर्छु यही कामना।।२।।

ज्ञानको ज्योति बलोस् सधैं तपाईँ हिड्ने बाटोमा
छेक्ने काँडा हटोस् टाढा टाढा गर्छु यही कामना।।३।।

दुई शब्द कोरेर आज जन्मदिनमा तपाईँको लागि
सदैव अपार सख खुसी छा‌इरहोस् गर्छु यही कामना।।४।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *