Skip to content

चाँद हेरी रात आज व्यर्थै नै बिताए मैंले


चाँद हेरी रात आज व्यर्थै नै बिताए मैंले
आस्था अनि भरोसाका बिस्कुन सुकाए मैंले।।१।।

राखे मनको मझेरीमा फूल भनी सजाएर
तोडी गयौ कसम सबै जलन पाए मैंले।।२।।

ओठको मधुर मुस्कानमा रैछ व्यर्थ भुल्नु
छाडी गयौ जिउने नौलो बाटो समाए मैंले।।३।।

बल्झिएर कस्तो घोच्छन् अतितका पलपलले
डाउरीमा सबै तिता मिठा याद सजाए मैंले।।४।।

सुख दिन्छु भनेकै हो उफ्री गयौ अर्कासित
तिम्रो प्यास बेकार सम्झी तृष्णा मेटाए मैंले।।५।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *