Skip to content


केटा
बिछोडको पीडा नसकी खप्न दशैंको बेलामा
तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँमा

केटी
डाँडा छ साथी के दिन र राति निद छैन आँखामा
मनको कुरो बुझ्दैन कोही पहाडी पाखामा

केटा
तिम्रै लागि चुरा धागो मायाको चिनो लिएर
मिठा मिठा कुरा जति मनमा साँचेर
डाँफे चरी झैं म भेट्न वारी झुल्कुँला सामुमा
तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँमा

केटी
दुख पनि नासिएला भाग्यमा घाम उदाई
सधैंभरि सुखी हुँला दर्शन उनको पाई
लैजाउँला उनलाई हात समाई ईश्वरको मन्दिरमा
मनको कुरो बुझ्दैन कोही पहाडी पाखामा

शब्द – रत्नशम्सेर थापा
स्वर – नारायण गोपाल, दिलमाया खाती
संगीत – नारायण गोपाल
एल्बम – बिछोडको पीडा

Leave a Reply

Your email address will not be published. Required fields are marked *