Skip to content

म वागमा फूल नयाँ फुलाउँछु

म वागमा फूल नयाँ फुलाउँछु
सङ्गीतमा राग नयाँ खुलाउँछु
मस्तिष्कमा काव्य कला तरङ्ग छ
तथापि मेरो मन यो भरङ्ग छ ।।

म भित्र यस्तो अटमट्ट स्नेह छ
त्यो स्नेह थाम्ने अझसम्म देह छ
नाचौं कि नाचौं सरीको उमङ्ग छ
तथापि मेरो मन यो भरङ्ग छ ।।
—होम सुवेदी

Leave a Reply

Your email address will not be published. Required fields are marked *