Skip to content

विनेसामले मनायो १५५औ मोती जयन्ती

  • by

१५५औ मोती जयन्तीको अवसरमा विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाले मोती बिमर्श, रचना वाचन तथा विनेसाम लुम्बिनी प्रदेश समिति गठन गरेको छ।

नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुकको अध्यक्षतामा आयोजित कार्यक्रममा अध्यक्ष जिज्ञासुद्वारा लेकप्रसाद प्याकुरेलको अध्यक्षतामा उपाध्यक्ष – चरित्रा शाह (बाँके), महासचिव – बाल कृष्ण शर्मा (बाँके), सचिव – गणेशा कार्की (बाँके), सह- सचिव – जीवराज बम (बाँके), कोषाध्यक्ष – लता शर्मा (बाँके), सदस्यहरू डिला रेग्मी (बुटवल), केशव गाह (पाल्पा), दर्पण दंगाली (दाङ), पुरन वियोगी (दाङ), लक्ष्मी बस्याल (बर्दिया), अञ्जु सापकोटा (बर्दिया), इन्दिरा गौतम (बाँके) रहेको १३ सदस्यीय विनेसाम लुम्विनी प्रदेश समिति धोषणा गर्नुभयको थियो ।

प्रमुख अतिथि प्रा. डा. भिम खतिवडाले मोतीराम भट्टको बारेमा र नेपाली साहित्यको बारेमा आफ्ना धारणा राख्दै नवगठित समितलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

उक्त भर्चुवल कार्यक्रममा विनेसाम नेपाल शाखाका उपाध्यक्ष के बी पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।

केन्द्रीय उपाध्यक्ष द्वय डा. लेखनाथ काफ्ले, डेञ्जोम साम्पाग्ङ महासचिव सुनिता राई, सीता कार्की, प्रदेश १ की अध्यक्ष मुना सिग्देल, सल्लाहकार कृष्ण प्रसाद गौतम लगायतले आफ्नो मन्तव्य साथै रचना वाचन गरनुभएको थियो ।

नवगठित समितिका अध्यक्ष लेक प्रसाद प्याकुरेलले सबैलाई धन्यवाद ज्ञापन गर्दै पूर्ण लाल चुके, डा इन्द्रबहादुर भण्डारी, कल्पना पौडेल ”जिज्ञासु “, ॠषिराम सापकोटा कविन्द्रराज भट्टराई सहितको ५ सदस्यीय सल्लाहकार समितिको घोषणा र भावियोजना समेत प्रस्तुत गरी रचना वाचन गर्नुभएको थियो उक्त कार्यक्रम नेपाल शाखाकी महासचिव अम्विका याम्फु अनमोलले सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *