Skip to content


केही भन्नै मन
डाहारुपी नजरले हेर्दै,
सहानुभूति व्यक्त गरिएकी;
बिचरी! जुनलाई !

खोज्दै हिडिरहेको
फिजाई पङ्ख
मृत्युप्रयत्न
केवल चिन्नको लागि
बासना केको हो?
भन्ने त्यो अबुझ कस्तुरीलाई
बताइदिन त्यो बिना तिम्रै हो।

सहारा माग्दै
उनै परिसँग
बिचरी! पहिचान नभएकी
राजकुमारीको यथार्थ चित्रण गरिदिन
सुन्दरीहरुको बीचमा।

फराकिला सडकहरुमा छरिएका
बाधारुपी काडाँहरुसँग सिङ्गौरी नखेली
टिठलाग्दा कमलो पाउहरुमा
नबिझुन् ती निकै तिखा र धारिला काडाहरू भनी
टिपी
तिनै कमलो हत्केलाले
फालिदिएको बाटोमुन्तिर
ती विचारहरू
ताजै छन्
यी दिलभित्र
केवल परिकै बर्णन।
जसरी,
उदाउँदो सूर्यले
छरेर लालीकिरण
धर्तीको आगनैभरि
संकेत र केही चिन्ह छोड्छ
बिहानीपख घामको झुल्कोमा
दिवाश्वप्नका रहरलाग्दा चुल्ठाहरू
जो दुरुस्तै देखिन्छन्
सजिएको परस्त्रीका शिरैभरि
केही फरक नभई
देखिन्छन् त्यस्तै गरी
तिम्रा ती अधरहरुमा
केही विश्वास, आत्मीयता
र प्रगाढ मायाको आसारुपी
भावनासँगै जोडिएका
प्रेमलाप सफरहरू ।

कलिला
मुना लागेर
अंकुराउन लागेको
फूलको बोट
अनि
पत्रदल र पुष्पदल
साठै तुसाउन थालेको
सञ्जोक
जस्तै; जिन्दगी
अनेकौं सपना र चाहनाहरुले
सजायको एउटा
विश्वासपात्र मनजस्तै; भएको छ।
यहाँसम्म:
बर्णन गरिसक्दा
तिम्रो रुपको आदिअंश

रचनाकार‍ – आकाश जि.सि.(निश्चल कान्छा)
ठेगाना – लुङ्री ०४ कुन्जरी, रोल्पा

Leave a Reply

Your email address will not be published. Required fields are marked *