सत्ताइस अगस्तैमा, रविबार ज पर्दछ
भूमण्डल पछाडी नै, जाने साइत जुर्दछ
दुई बजे दिवामा नै, परिवारजनैसित
पुगियो गौचरै स्थित वायुयान थलै तिर
सवैसँग विदाबादी, नमस्कार गरीवरी
पन्चमी पाउ सारेरै, पसियो द्वार भित्र नै
झिटीझाम्टा सबै जीऊ, छामछुम गरे सब
जहाज भित्र पस्न नै, अधिकार दिए तब
कतारी वायु यानैमा, बसियो भित्र नै पसी
पॉंच बज्यो घडीमा त, उठ्यो आकाशमॉ पसी
ठूलै नै श्वर गर्दै त्यो, लुक्यो बादलमा पसी
झुल्किए अप्सराजस्ता, मुस्कुराई सुरा लिई
सुरापान गरी घेरै, लठ्ठिए युवकैहरू
चुर्लुम्मै रसमा डुबे, स्वप्न देख्दै युवाहरू
कल्पना गुलियो गर्दै, पुगेका ती कतार नै
विप्रेषण पठाएर, सेवागर्ने युवा नरै
डिग्री पचास तातोमा, बलेको बालुवा पनि
जीऊदै पोलिदै हिन्दै, सास धान्नु छ तैपनि .
भोक तीर्खा सताऊँ छ, अन्न जल नपाउने
उँटको पछि बालुवा, मानै काम गराउने
स्वदेशैमा बसी काम, उनले गर्न पाउने
उद्योग किन खुल्दैन,, नेपालैमा रमाउने ?
खुलेको बन्द नै गर्ने, मील बिराट जूट नी
चलेको कारखाना ती, भ्रृकुटी कागजै पनि
छालाजुत्ता र ट्रली नि, हटाई सब फालिए
खोला नाला सबै बेची, कसबाट पचाइए ?
२७८२०१७