Skip to content

भूमण्डल पछाडिको यात्रा

भूमण्डल पछाडिको यात्रा

कतार पुगियो राती, रातैमा लिइयो भिषा ।
बजार पुगियो राती ,सुतियो खाइयो त्यता ।

सन सत्र अगस्तैको, हो अठाइस तारिख ।
बिहानै उठियो जान, खानपिन भरी पेट ।

जहाज चढ्न जाँदा, क्यान्सिल भो प भन्दछ।
समुन्द्री उर्लँदो भल , ह्यूष्टन सम्म पुग्दछ ।

बाढीले घर गाडी र ,अन्न जल बगे सवै।
हजारौं नर नारी को, घरवार गुमे सवै।

ह्यूष्टन रनवे सम्म ,डुब्यो तलाउ नै बनी ।
पानी जहाज चल्छन् रे, रनवे तालमा पनि ।

ह्यूष्टन नखुलेसम्म, होटेल बस्न मागियो ।
घण्टा चौबीस ज्यादा त, भिषा नि चाहिने भयो ?

अटलान्टा उडी जान, जहाज ठिक्क नै भयो ।
पसियो त्यसमा भित्र , अमेरिका तिरै गयो ।

सोह्र घण्टा लगातार, आकाश माथि नै उडी ।
राति त्यैस दिनैमा नै, अम्रिका पुगियो उडी ।

औंलाछाप दशै अौँला ,त्यो कम्प्यूटरबाट नै ।
भिडाई भनियो बल्ल , दिए जाँचेर निस्कनै ।

नेपालमा बुझाएको, झिटीझाम्टा त सांथ ली ।
निस्कियो भित्रबाटै, होटेलतिर जान नी ।

राती त सुतियो मीठो, निद्रादेवी सितै सँगै ।
बिहानिमा घडी बोल्यो ,भन्यो उठ हिनौँ सँगै ।

होटेल बस आएर, वायु यान तिरै अनि।
दुई घण्टा नपुग्दैमा, पुर्यायो अष्टिनै पनि ।

परिवार सवै त्यहाँ, देखिए भित्रबाट नै ।
राखी लगेज गाडीमा,बसेर पुगियो घरै।
२७-८ २०१७

Leave a Reply

Your email address will not be published. Required fields are marked *