Skip to content

शब्दहरुको आवाज


मौनताहरुको त म आफै
अनुमान लागाउन सक्छु
खासै डर लाग्दैन
संकेतहरू पनि अरुहरुकै लागि
हो भनेर बुझौला
तर
शब्दहरुको आवाजदेखि
खुब डर लाग्छ
अँझ लक्षित प्रहारदेखि
बहुतै डर लाग्छ
बरु कार्यहरू सहन्छु
होला जस्तो लाग्छ
केही गरी थाम्नै सक्दिन
शब्दहरुले त लगलग मुटु काम्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *