गहभरि आँसु लिदै उनले बाटो रोकेको दिन
याद छ मलाई परदेश पस्न झोला बोकेको दिन
बिदाइका हात हल्लाउँदै उनीबाट छुटेपछि
पर पुगि आँसु धारा भुइँमा पोखेको दिन
धेरै धन कमाएर छिटै फर्कि आउने कसम
नभुल्न दोहोर्याई दोहोर्याई मनमै घोकेको दिन
सम्हालिन गार्हो ज्यानलाई हुँदाहुँदै पनि
धनसँग आफ्नो जीवन तुलमा जोखेको दिन
समीर भण्डारी
पुणे भारत