सम्झना किन आउँछ
ंंंंंंंंंंंं
किम्मु काफल ऐसेलु, पाकी खल्लुक रूखमा ,
बयार बगर रातै, भरी हुनन् नि बोटमा ।
बेलौती गुलिया त्यता, कटहर यता उता,
हल्ली हल्ली झुलेका ती , ढीँकका रूखमा उता ।
झ्याक्रोमा झुण्डिएका ती, काँक्रा पाकेर बेसरी।
पाकेर कागती झर्छन् , पहेँलै बोट तेसरी।
डाँडा काँडा सवै लाई, हरिया फरिया तिनी ।
शिरमा लालुपातेले, सिउँदो रँगिए छनि ।
सेतै देखिन्छ पानीको, खोल्सो गड्केर झर्दछ ।
शक्तिशाली भएँ भन्दै, गर्जी हुंकार गर्दछ ।
यताबसी उताको त्यो, सम्झना किन आउँछ ।
जननी जन्म भूमिको, यादले नि सताउँछ।