Skip to content

संगतगुणको फल (आत्मकथा)


दुर्जनेन सम म संख्यम वैरञ्चापि नकारयेत
उष्णोः दहती चाङ्गारः शित कृष्णायते करम।
(दुर्जनसँग संगत नगर्नु साथै वैरभाव पनि नगर्नु किनभने जसरी कोइला तातो हुँदा पोल्छ, चिसो भएको वेलामा समायो भने हात कालो हुन्छ ।)

यो नीति श्लोक मैले काक्षा ७मा लगभग तीन दशकअगाडि संस्कृत पाठ्यपुस्तकमा पढेको थिएँ ।

यो नीति श्लोक मेरो जीवन यथार्थ सावित भएको छ। म मेरो वास्तविक जीवनमा घटेको यथार्थ घटनाहरुलाई एउटा कथाको रुपमा प्रस्तुत गर्न लागिरहेको छु। म मध्यम किसानको परिवारमा २०२२ सालमा जँमिएको थिए। ९–१० वर्षको उमेरसम्म त्यस समयको गाउँघरको चालचलन अनुसार मैले विद्यालय देख्न सकेको थिइन। १०–११ वर्षको उमेरमा ढिलै भए पनि विद्यालयम भर्ना भएँ। त्यसताका मलाई पढाउने सबै शिक्षकहरू राम्रा थिए तर एक जना भने अत्यन्त आदर्श नमुना शिक्षक थिए।

डमरुप्रसाद गौतम जसको विद्यार्थी राम्रो पढाउने विषयमा म कसरी वयान गरुँ। मेरो आइएसम्मको अध्ययन RR क्याम्पस काठमाडौ तथा शिषक जागीरको शिलशिलामा मकवानपुर, सुर्खेत लगायत चासो लागि त्यसै नमुनाको अर्को शिक्षक अन्त कतै छन् कि भनी विभिन्न जिल्लाहरू तथा भारतका केही प्रान्तहरुको भ्रमणको शिलशिलामा खोजें। राम्रा शिक्षकहरू नभेटिएका होइनन्। तर उनीसँग तुलना गर्न मिल्ने चाहिं पाउन हाल ४४ वर्षको उमेरसम्म पाए छैन। मलाई उहाँले कक्षा – ४, ५, ६, र ७,मा पढाउनुभएको थियो।

त्यसताका म सधैंभरि सर्वप्रथम भएको थिए श्रीसरस्वती नि. मा. वि. माल्टा संखुवासभामा। मलाई लाग्छ उहाँको उमेर सायद २०–२२ वर्षको थियो, आइ एड पास गरेको नि.मा शिक्षक हुनुहुन्थ्यो। आकर्षक व्यक्तित्व त्यसमा पनि अविहित हुनुहन्थ्ये उहाँसँग उमेर, जात, कुलकुटुम्व, खानदान सबै कुरा मिल्ने युवतीहरू मेरा गाउँघर तथा बजारमा नभएका त हैनन्। तर कुनै पनि महिला, युवती, आमा दिदी बैहिनीको भए पनि मुखमा हेरेर नजर जुधाएर उहाँ बोल्नु पनि हुन्नथ्यो। मतलव व्यभिचारी हुनुहुन्थ्यो ४–५ वर्षको अवधिमा पनि उहाँले कुनै पनि नारीसँग मैले बोलेको सुनेको थिइन। त्यस्तो केही नबोलने ब्रत लिएको छ कि वा कुनै महिला प्रेमिकाले धोका दिएर हो कि भनी कोही कोही गाउँ अनुमान लगाउथे। त्यस्तो हैन रहेछ। पछि सुने उहाँ एक आफू जस्तै शिक्षिकसँग विवाह बन्धनमा बाँधिएर हाल नाक्साल लाटाबहिरा बढाउने स्कुल काठमाडौंमा अँझसम्म बढाउदै हुनून्छ रे।

यदि मेरो कथाले यस पत्रिका स्थान पाएर भने मेरा आदरणीय गुरुहरुको नजर यस कथामा पर्यो भने मेरो गुरुदक्षिणाको रुपमा यस कथालाई स्वीकारी दिनु हुनेछ भन्ने आशा गर्दछु। जे होस् उहाँको चारित्रिक छाप बाल्यकालमा ममा परेको कारण तरुण अवस्था अथवा भनौं मा.वि. स्तरसम्ममा म मेरो जिल्लामा हिरो नै ठहरेको थिए। किनभने २०४१ साल कक्षा १० सेन्टअफ टेष्ट परीक्षामा प्रथम भएँ र गणित विषयमा विशिष्टताका साथ द्वितीय श्रणीमा एस.एल.सी. पास गरेको थिएँ। जिल्लामा त्यो साल मादी, चैनपुर र खाँदवारी तीनै केन्द्रमा कहीं पनि प्रथम श्रेणीमा कोही पनि पास भएको थिएन्। मतलव जिल्ला निल गएको थियो। त्यस समयसम्ममा गुरुहरुको चारित्रिक अनुसरण गर्दै कुनै पनि महिलाको मुखमा हेरेर बोलिको समेत थिइन मैले यसैले मलाई चिन्ने, जान्ने जिल्लाका ठुला बडा कहलिएका कुटुम्व मिल्ने सबै जनाले छोरी विवाह गर्न खबर पठाउन थाले। मलाई बडो आनन्द महसुस भएको थियो। त्यस सफलतामा मा.वि.स्तरमा पढाउने वि.ए.सी सर नामले नामुद स्व. नगेन्द्रचन्द्र सिन्हा जो विगत ३० वर्ष देखि सरस्वती मा.वि.मा अध्यापन गर्दै आउनु भएको थियो तथा हाल रिटार प्र.अ. जंगबहादुर ठाकुर जो श्रीहिमालय उ.मा.वि. खाँदबारीमा विगत ३० वर्ष देखि अध्यापनरत हुनुहुन्थ्यो र जसलाई जिल्लाको शैक्षिक धरोहर भनेर चिनिन्थ्यो, उहाँहरुको ठूलो भूमिका थियो। ममा उहाँहरुको गहिरो चारित्रिक छाप पनि अटल रहेको थियो ।

अब उच्च शिक्षा हासिल गर्नको लागि भलै गाउँमा क्याम्पस स्थापना भएको थियो। तैपनि असल गतिलो मानिस बन्न तथा अँझ असल शिक्षकहरुको साथ खोज्न म काठमाडौ गए। आर.आर. क्याम्पस प्रदर्शनीमार्गमा गणित विषय लिई विशिष्टका साथ एम.ए. पास गरी उहाँहरू जस्तै आदर्श शिक्षक बन्ने तिव्र अभिलाषा थियो मेरो तर काठमाडौको क्याम्पस भन्दैमा मेरा भाग्यले विगतमा पाएका जस्ता आर्दश शिक्षकहरू त्यस ताका त्यहाँ रहेनछन् तथापि भिम न्यौपाने सरले चाहिं मेरो यस्तो मूल्याङ्कन माथि चित्त नदुखाउनु होला यो शैक्षिक सत्र ४४/४३ को कुरा हो। त्यस समयमा त्यहाँ गणित पढाउने सरलाई विषयवस्तुसँग सम्बन्धित प्रश्न आफूले उहाँले पढाएको नबुझेर सोध्दा यति रिसाउनु हुन्थ्यो कि म यस कुराको बयान कसरी गरौ ? हामी ९० जना गणित विषय बढ्ने विद्यार्थीहरू सबैले कक्षा बहिष्कारको कारण उहाँले उक्त अस्थायी जागिर जारिनामा दिन बाध्य बन्नुभयो।

मेरो भयानक पतन त्यहीबाट सुरु भयो।

मलाई आन्तरिक रुपमा मूल्याङ्कन गरी विगतका आदर्श गुरुहरुले झै सुझाव गर्ने शिक्षक हराए। म पनि छाक टार्ने समस्याको कारण त्यस समयको बरिष्ठ कहलिएको अन्तर्राष्ट्रिय स्तरको पाँच तारे द एभष्रेट सेराटन होटल, जो विश्व विख्यात सेराटन कपोरेसनको सानो शाखा होटल थियो विश्व भर त्यस सेराटन कर्पोरेसनका त्यस समयमा विश्वका ठुला ठुला शहरहरुमा जम्मा ५४० वटा होटल थिए। यसै कर्पोरेसनको नयाँवानेश्वरस्थित द एभष्रेट सेराटन होटल (हालको एभष्रेट होटल)मा कुकको जागिरे भए। मेरी आमा! कहाँको संखुवासभाको शैक्षिक धरोहर नगेन्द्र चन्द्र सिन्हा, जंगबहादुर ठाकुर, डम्बरु प्रसाद गौतम सरहरुको चारित्रिक आर्दश कहाँको होटलको ७० जना कुकुहरुको चिफ सेफको (तत्कालीन तलव रु. ६५००० प्रति महिना) आर्दश तथा तत्कालीन नेपाली रु. तीन लाख खाने त्यस होटलको जि.एम फिलिपेलाउ जो चिनिया हुन उनहरुको चारित्रिक आर्दश।

म त छक्क परे त्यत्रो तलव खान्छन् त्यति राम्रो अंग्रेजी बोल्छन् धेरै पढेका छन् त्यत्रो सान्दार शारीरिक व्यक्तित्व छ। महगो कारमा सवारी हुन्छन्। तर खैँ किन किन मेरा विगतका आदरणीय त्रय गुरुहरू डम्बरु, नगेन्द्र तथा ठाकुर सर जस्ता महान लागेन मैले काममा दिलचस्वी नलिएको पाएर मलाई एकान्त पारेर सम्झाउदै अंग्रजीमा भन्थेः– If you want to get the good job in a hotel line, sacrifice everything you have. And concentrate your mind here. If you are hunger of prestige, please see the social service. This is a business life. You seem to be a professor. Why are your here ? Don’t loose your time my dear ! Otherwise you can not succeed here. (यदि होटेलमा राम्रो काम गर्ने इच्छा भए सबै कु्रा त्यागी देऊ, ध्यान एकतृत गर यदि तिमीलाई प्रतिष्ठा चाहिन्छ भने समाज सेवामा लाग यो नाफादारी संस्था हो। तिमी त प्राध्यापक जस्तो बन्नु पर्ने तिमी होटेल जीवनमा रम्न नसक्ने रहेछौ आफ्नो समय नष्ट नपार। यहाँ तिम्रो सफल भविष्य छैन ।)

नभन्दै मैले आई.ए. प्रथम वर्षको जाँच दिए अंग्रेजी बाहेक सबै विषय फेल भए अँझ गणितमा तीन नम्बर मात्र आयो यस्तो हुदोरहेछ असल शिक्षकको सहयोग गुमाउँदा ? यसो तसो दोस्रो वर्षको जाँच दिई टोपले मलाई ड्रप गर्न मन थियो हितैषी साथी रामशरण खरेलले दिएनन् जो ०५३ सालका अर्थशास्त्रका गोल्ड मिडालिस्ट हुन। फलतः उस्तै रिजल्ट। अंग्रेजी बाहेक सबै विषय फेल गरी फरी पनि गणितमा तीन अंक प्राप्त। अनि मैले थाहा पाएँ असल शिक्षकको संगतको महत्व।

त्यसपछि मैले भविष्यमा पाँच तारे होटलको चिफ कुक (सेफ) बनी ७० जना कुकको प्रशासक बन्नलाई त्यति उपलब्धीमुलक जीवन ठानिन। त्यसैले तत्कालीन शिक्षा साहयक मन्त्री क्षेत्र प्रताप अधिकारीलाई तत्कालीन उद्योग तथा लत्ता कपडा साहयक मन्त्री धर्मबहादुर गुरुङ्ग संखुवासभाको सहयोगले एउटा निवेदन शिक्षा मन्त्रालयमा दिए। निवेदनमा यस अधिराज्यको कुनै पनि जिल्लामा रित्त स्थानमा शिक्षण सेवा गर्ने अवसर पाउँ भन्ने अनुरोध थियो। तपाई कहाँ जाने भनी मन्त्री ज्यूले सोध्दा मैले भने म जस्तो जनशक्तिको अभाव जुन कुनामा छ, त्यस ठाउँ जान्छु भने उहाँले धनकुटा जान सुझाव दिनु भयो। किनभने म घर पायक संखुवासभा नै आइपुग्ने थिए तर मैले मानिन। त्यसैले उहाँले यस्तो तोक आदेश दिनु भयो जो – क्षे.शि.नि. सुर्खेत निजको माग र प्राप्त शैक्षिक योग्यतको आधारमा त्यस क्षेत्र अन्तरगतको कुनै पनि जिल्लमा अस्थायी सेवा गर्ने अवसर दिनु।

यसरी शुरु भएको थियो मेरो शिक्षण पेशा।

म चिठी बोकेर सुर्खेत पुगे। मसँग एक जना अर्को साथी पनि थिए। संखुवासभा चैनपुरका घनश्याम डाँगी जो हाल पनि शिक्षक नै छन्। क्षे.शि.नि. डाइरेक्टरलाई मन्त्रीजूले फोन पनि गरी दिनुभएको रहेछ। कर्ण ह्याजु जस्तो लाग्यो नाम चाहिं मैले विर्से तराई बासी साह्रै जाति हुनुहुदोरहेछ डाइरेक्टर साहेव। तत्कालीन जिल्ला शिक्षा अधिकारी सुर्खेतमा हिरा ढकाल भोजपुरको हुनु हुदोरहेछ। मिठो आत्थीय पाएका थियौं हामीले जिल्ला शिक्षा कार्यालय सुर्खेतमा।

ठिक त्यसै समयमा हामीलाई आइ.ए.सी. शिक्षक चाहियो भन्दै खाड्देवी मा.वि. साटाखानि ४ चौरासे सुर्खेतका अध्यक्ष तथा तत्कालीन प्रधानपंच देवी प्रसाद पौड्ल आइपुगेका मात्र थिए जि.शि.अ.ले भन्नुभयो आइ.ए.सी. पाइन प्रधानपंचज्यू मेरा पूर्वीली भाइ आएका रहेछन् ऐच्छिक गणितमा विशिष्टताका साथ पास गरेका छन् अहिलेलाई उहाँलाई नै लानुहोस् भनेका मात्र थिए प्राधानपंचले हातमा समातेर झाँक हाल्दै सबै थोक व्यावस्था गर्छु भन्दै ढिलो गर्नु हुन्न भनेर घिँसार्नै पो थाले म त छक्क परे। लौ न साथीसँग सल्लाह गरौ भनेको साथीलाई पनि अन्त तुरुन्तै हुन्छ भने। नहोस पनि किन त्यस समयमा सुर्खेत जिल्लामा सय जना प्रा.वि. शिक्षक खालि दरबन्दीरहेछन्। साथीसँग छुट्नु परेको दुखेशो पोख्दै म उनै पछि लागे हप्तै पिछे भेट हुन्छ भन्दै सान्तोना दिए उनले नभन्दै सुर्खेतबाट २ घण्टा जति समयमा साटाखानी–४, चौरासे पुग्यौ।

भोलिपल्ट देखि पढाउन थालें। एक जना आई.एस.सी सरले पढाउन नभ्याउको अवस्था रहेछ। मेरा आदरणीय गुरु नगेन्द्रचन्द्र सिन्हाको गणित पढाउने विचित्रको शैली थियो। उहाँ पाठ्पुस्तकको अभ्यासमा दिएको हिसावहरू कहिल्यै पनि हल गर्नु हुन्नथियो। त्यो हिसाव नजानेर कुनै विद्यार्थीले सोध्यो भने त्यस्तै नमुनाको सम्बन्धित हिवासमात्र हल गरिदिनुहुन्थ्यो। र भन्नु हुन्थ्यो अभ्यास मात्र तिम्रो लागि हो। कसैले चित्त नबुझाउने ठाउँ थिएन्। राम्रो गर्ने सबैले गणितमा ८०, ९०, ९८सम्म ल्याउने गर्थे। गणित लागेर कमै मात्र फेल भएका थिए। प्रायः अंग्रेजी लाग्ने गर्थो। जे होस् बुढाको हुबहु अनुकरण गरेर पढाए किताव फेरिएको थिएन्। त्यसैले विद्यालयमा चर्चाको विषय बन्न पुगे। घण्टी लाग्ने बित्तिकै विद्यार्थीहरू अफिसमा लिन आइपुग्थे गफमा भुलिएर ढिलो होला कि भनेर। त्यस समयमा मलाई पाँचतारे होटलको कोल्ड किचेनको फ्रेस जुस अघाउनजेल पिउन नपाएको पछुतो पनि शान्त्त हुने गर्दथ्यो। शिक्षक साथीहरू राम्ररी अध्ययन गरेर ब्याक पेपर देऊ भन्दै सल्लाह दिदै थिए। आत्मा बल जागेर आउदै थियो यस्तैमा एक दिन मेरो विषयमा कुराकानी हुँदै गरेको सुने।

यति राम्रो प्रतिभा भएको मान्छे मास्टरको जागिर खान यत्रो टाढा किन आयौ ? दालमा केही कालो छभन्दा भन्दै कुनै एक जनाले जघन्य अपराध गरी फरार भएको समेत आशंका गरी कुरा गरेको मेरो कानमा परेपछि मेरो सपना भताभुङ भयो। म तुरुन्त भोलिपल्टै पाकेको तलब बाटो खर्च लिई वर्तमान समयसँग जोडिएको जागिर खान शिक्षक हुन संखुवासभामा नै आइपुगे।

देशमा बहुदल आयो। मलै कुनै दलमा आस्था राखे। सरकार मेरो आस्थाको विपरित थियो म मार्क भए। त्यसैको फलस्वरुप म कार्यरत श्रीकैलास प्रा.वि. पावा, बाह्रविसे–५,मा खालि ठाउँ हुदाँ हुँदै दुई दिनको बाटो दुर्गम भत्ता नपाउने ठाउँमा २०४८ को सामान्य प्रकृयामा पोष्टीङ्ग भए श्रीदुर्गेश्वरी प्रा.वि. जलजला–४, पोखराङ संखुवासभामा।

सबै शिक्षकहरू मजस्तै आर्दश हुँदो रहेनछन्। उनीहरूसँग मिल्न मैले निम्न कोटीको आचरण अनुशरण गर्न सकिन उहाँहरुलाई सुर्धान पनि सकिन। अनि म हाँसको ढल्केर हेडेको हिडाइको सिको गर्ने कल्चुडो जस्तो भएँ। विवश भई आफ्नो आर्दश पनि बिर्सें। उनीहरू जस्तो निम्न कोटीको आचरण भएको पनि बन्न सकिन। अनि त मैले कालो बादलले नपाएको दुःख पाइरहेको छु वर्तमानमा।

हालसम्म मेरो १७ वर्षको जागिरे दौडानमा १२ पटक इच्छा विरुद्ध अपायक सरुवा भइसकेको छ। सरुवा सिलसिलामा विगत २ वर्ष अघि श्रीबालकल्याण प्रा.वि. हटिया–५, सिम्बुङ भन्ने यस जिल्लाको अन्त्य विकट स्थानमा पठाइएको थिए। त्यहाँ शिक्षक साथीहरुले साँवा अक्षर त के क, ख नै नचिनेका विद्यार्थीहरुलाई कक्षा–५ पास गरेको प्रमाण–पत्र दिएको कुरा नाम नै तोकेर स्थानीय पत्र पत्रिका तथा खाँदवारी एफ.एम.बाट मेरो सूचनामा प्रसारण भयो।

मैले सोचेको थिएँ स्टाफहरू रिसाए पनि कहीं कतै त मेरो मूल्याङ्कन गर्ने पनि त कोही भेटिएला। भलै म पनि त्यस विद्यालयको शिक्षक थिएँ तर विद्यालय स्तरबाट समस्या समधान गर्न सक्दो प्रयास गर्दा समेत केही नलागेर मैले सार्वजनिक गरी समाजको तथा जि.शि.का.को सहयोगको आशा गरेको थिएँ।

भरे परिणाम उल्टो त्यस ठाउँभन्दा विकट स्थान जहाँ खाद्यान्नको पूर्ण अभाव, जनता निर्दोष, निरीह, गरिब जसलाई हात लिएर मेरो नोकरी नै जोखिममा पार्ने नियत लिई तिनै दलबलको आढमा फेरि यही २०६६ बैशाख १७ गते पूनः मेरो सरुवा भइसकेको छ। तथा हाजिर भएको जानकारी जिल्ला शिक्षा कार्यालयमा म सरुवा भएको विद्यालय श्रीशिशुरक्षा प्रा.वि. पावा खोला–३, डिमाले बैशाख २८ गते नै दिएर पनि हालसम्म विद्यालयमा हाजिरी खाता नभएको बाहाना (सकिएको) बनाई हाजिरीखातामा दस्तखत गर्न यो आत्मावृतान्त तयार पार्दाको मितिसम्म दिएको छैन। यद्यपि जि.शि.का. संखुवासभाले च.नं. १६१४ मिति २०६६ अषाढ १८ गते उक्त शिक्षकलाई हाजिर किन नगराएको भनी सोध्ने काम गरेको छ।

म भने गयल खारेजीको कारण जागिर जाने डरले तनाव ग्रस्त छु। किनभने त्यस नयाँ ठाउँमा म अपरिचित छु बेरोजगारको यस्तो भयावह समस्याको स्थितिमा सजिलै उक्त गाउँ, ठाउँ आसपासका शैक्षिक वेरोजगारहरू रहेका कुनै फटाहा मनोवृतिका मानिसहरुले सर्जमिन मुचुल्का बनाई म त्यस विद्यालयमा हाजिर हुन गएको दिन देखि फेरि कहिल्यै नगएको भनी जि.शि.का.मा मुचुल्का पेश गर्न तयार रहेको बुझिरहेको छु। यसरी नैतिकवान र आर्दश शिक्षक बन्न अहिले असजिलो छ। पार्टीको सवारीको साधन बनेका शिक्षकहरुलाई भने फेरि बडो मोजमस्ती छ।

अस्तु

शिक्षकः– जयबहादुर घिमिरे
संखुवासभा
जुन १३, २०१३

Leave a Reply

Your email address will not be published. Required fields are marked *