दिन बितेर सँन्ध्या ज,त्यस पछि निशा कति ।
दिन रात बिते कैंयौँ, सूर्य चन्द्र डुबे कति ।
वर्षा हिंउँद आएर, बितेका छन् तिनी पनि ।
नक्षत्र ग्रह तारा ती, देखिन्छन् पतनै पनि।
सागरको जलै पनि, उड्दछ बाफ नै बनी।
चञ्चले वायु हुँदैन, स्थिर त्यो कहिल्यै पनि।
स्थिर यो छैन संसार, परिवर्तन शील छ ।
शरीर अाजकाे जाे छ , पक्कै मरण शील छ ।