Skip to content


बगैचाको सुन्दर फूलमा गुलाब बनी देऊ
मेरो मनको बगैचामा आइ फुलिदेऊ
माली बनी सधैंभरि तिम्रोसामु हुन्छु
अरुभन्दा बढी सधैं तिम्लाई स्यहार गर्छु

आज तिमी फुलिरहेछौ त्यहीँ पराइको घरमा
तिमी त्यहाँ रमाई राख त्यहीँ मालीको भरमा
त्यसले त यो मालीलाई भुली दियौ आज
तिम्रो दिल गाढा रहोस तै मालीको माझ

फुली राख तिमी त्यहाँसित बनी आउछु
माली हुन नपाएनी किरण बनी धाउँछु
शीत बनी आए भने मुस्कान दिनु तिमी
किरण बनी आए भने सुवास दिनु तिमी

Leave a Reply

Your email address will not be published. Required fields are marked *