हे सति पीडा तिमीले सहनु पर्थ्यो
किन दियौ श्राप सन्ततिलाई ?
हेर्दै हौलि नि त्यहाँबाट
के हुँदै छ तिम्रो देशमा
लिन्छ्यौ कि फिर्ता श्राप
अब त अति नै भयो भनी ?
सति तिम्रो देशमा
छायो असैह्य बेथिति
कोलाहल छ चारैतिर
शान्ति छैन पल भर
आतंककै छ साम्राज्य
फ्याकिए राजा माहाराजा
हट्यो दरबार को त्रास
मद मस्त स्वच्छन्द भएर
अनेक नामका जन्मिएका छन्
नयाँ “राजा “काधमा बन्दुक बोकेर
पिल्सिदै छन् झनै जनता
जन्मिए नयाँ मोहरा थरी थरी
तर, नेपाली नै हौ भन्छन ती पनि
आमा को कोखमा घोप्दै छन् चारैतिर
भाला र तिरले खोइ हाम्रो भाग लेऊ भनी
कोही भन्छन बोल्दिन यो देशको बोली
अर्को भन्दछ चाहिदैन अब
तैले लाज छेक्न दिएको दौरा पनि
सकिदैछ नेपाल नाम को देश
रहेन हाम्रो मौलिकता केही पनि
बाँच्नै गार्हो सोझो इमान्दार बनी
नत मस्तक भै बिलाइरहेछन्
थिए जो दुई चार सपुत ती पनि
जन्मिएनन् फेरि कोही अमर सिंह,भक्ति थापा
वा भ्रीकुटी र अरनिको पनि
सति तिम्रो श्रापले देशमा
बेथिति र भद्रगोल मात्र भो
लिन्छ्यौ कि श्राप फिर्ता अब त ?
यो त अब अति नै भो भनी
जन्माई केही पृथ्वी, भक्ती र अमर सिंह
बचाउनु छ यो देशलाई पहिले जस्तै गरी
शेखर ढुङेल
अमेरिका ०८-१६-२००९