Skip to content

सिरोई सिर्जना मासिक पत्रिकाको क्यालेन्डर –२०१८ मेरो कोठामा सजाउँदा


दुलियाजान कला –साहित्य मञ्च दुलियाजान असमको अभिव्यक्ति (नेपाली त्रैमासिक पत्रिकाको) रजत जयन्तीको उपलक्ष्यमा (३१ मार्च र १ अप्रिल २०१८मा) आयोजित अन्तर्राष्ट्रिय नेपाली साहित्य समारोहमा नेपालबाट हामी (सदानन्द अभागी, केशवराज आमोदी, गोर्खे साइँलो, शान्तिनारायण श्रेष्ठ, डि.आर शर्मा, छवीकिरण ओली, लोकनाथ खरेल, विर्खे अनजान, मिरा तिमलसिना, मिना लामिछाने र प्रेमराज न्यौपाने सहित) ११जना साहित्यकारहरूलाई सहभागी हुने सौभाग्य मिल्यो। ट्रेनको ढिलाइका कारणले गर्दा हामी पहिलो दिनको कार्यक्रममा सहभागी हुन सकेनौ र दोस्रो दिनको कार्यक्रममा सहभागी हुँदा कतिपय साहित्यकारहरू हिडिसकेका र कतिपय हिड्ने तरखरमा भएका अवस्थामा एक जना मणिपुरको साथीले ‘सिरोई सिर्जना’ मासिक पत्रिकाको क्यालेन्डर –२०१८ हातमा दिँदै बिदा हुनु भयो। भवानी अधिकारीजीको मणिपुरको ठेगाना भने मैले लिन भ्याएँ। कार्यक्रम व्यस्तताले गर्दा क्यालेन्डर झोलामा राखें। नेपाल फर्कियो। कार्यक्रममा प्राप्त विभिन्न सहित्यकारहरूका कृतिलाई अवलोकन गदैगर्दा त्यो क्यालेन्डर पनि मेरो साहित्य सिर्जना गर्ने कोठामा झुण्ड्याएँ। संयोगले त्यो क्यालेन्डर ठिक मेरो कम्प्युटरको अगाडि झुण्डिन पुगेछ। जब म कम्पयुटरमा बस्छु क्यालेन्डरको दर्शन हुन्छ। जब म कम्प्युटरबाट उठ्छु तब पनि क्यालेन्डरको दर्शन हुन्छ। सिरोई सिर्जना शीर्षकको ठिक तल मणिपुरको प्राकृतिक सौन्दर्यताले मलाई निकै आकृष्ट पार्यो।

यस क्यालेन्डरमा हाम्रा विरहरू भनी तीन जना व्यक्ति को छोटो परिचय दिएको छ। यो परिचयलाई दोहोर्याई तेहेर्याई अध्ययन गरें। विश्वयुद्ध लगायत विभिन्न देशहरू जहाँ जुनरूपमा नेपाली पुगे जेजस्तो अवस्थामा बसे, तिन्ले त्यो देशमा पसिना बगाए र ज्यानको बलिदान दिए। त्यसको कदर भने ती देशहरूले गरेको पाइन्न तर नेपाली रगतले इमान्दारी, बफादारी, कर्तव्य परायण र त्यस देशको राष्ट्रियता र स्वाधिनताको रक्षा गर्नमा, जहाँ बसे पनि, जहाँ गए पनि, जुन अवस्थामा रहे पनि ह्रास आउन दिएको छैन। पूर्खाले कमाएको बहादुरितालाई आजसम्म नेपाली रगतले वीर गोर्खाको नाम कायमै राखेको पाइन्छ। अब म क्यालेन्डरमा लेखिएका हाम्रा विरहरूको परिचयलाई यहाँ उतार्ने अनुमति चाहन्छु।

सुवेदार निरञ्जन सिंह क्षेत्री– मणिपुर आमाको निम्ति भारतवर्षभरिमै आफ्नो प्राण उत्सर्ग गर्ने पहिलो गोर्खा सपुत जो १८९०ताका कछारका लागि ब्रिटिस हुकुमतले ३४ औं इन्फेन्ट्रीमा गोर्खा सिपाहीमा खटाइएका थिए। अंग्रजको बिस्तारवादी नीतिदेखि उनी असतुष्ट भएर घर फर्केका र पुन उनी मणिापुरको मायायमा बाँधिएर कलकत्ता, रङ्गुन हुँदै मणिपुर पुगेर मणिपुरका तत्कालीन प्रधान सेनापति टीकेन्द्रजीतका फौजमा भर्ना भई राम्रो काम गरी सुवेदार पद प्राप्त गरेका थिए। यिनी युवराज टीकेन्द्रजीतका अङ्ग रक्षक पनि बनाइएका थिए। ‘अङ्ग्रेजले ८ जून १९८१का दिन सेनापति युवराज टीकेन्द्रजीतका सुवेदार निरञ्जन क्षेत्री, सहित, चारजना अंगरक्षकलाई ईम्फालको काङ्लामा फाँसी दिएको थियो। यसरी सुवेदार निरञ्जन सिंह क्षेत्री मणिपुरको लागि शहीद बने।

मेजर दुर्गा मल्ल– दुर्गा मल्लको जन्म १ जुलाई १९१३मा भएको थियो। १९५१तिर धर्मशालामा गएर १८ वर्षको उमेरमा २÷१ गोर्खा राइफमा भर्ना हुन्छन्। यहाँबाट उनी १९४२तिर भारत स्वतन्त्र गराउन आजाद हिद फौजमा भर्ना हुन पुग्दछन्। कौशल र कर्तव्यनिष्ठको कारणले गर्दा उन्ले आजाद हिंद फौजमा मेजरपदमा प्रमोशन हुन्छन् र अनि हिन्द फौजको इन्टेलीजेन्श विङ्मा खटाइन्छन्। यहाँ कम गर्दा गर्दै २७ मार्च १९४४मा उनी व्रिटिशको पक्राउमा पर्दछन् र २५ अगस्तमा उन्लाई दिल्लीको लाल किल्लामा ब्रिटिसले फाँसी दिन्छ। दुर्गा मल्ल आजाद हिन्द फौजका प्रथम गोर्खा हुन् जस्ले भारत स्वतन्त्रताको निम्ति आफ्नो वलिदान गरे। आज पनि यो २५ अगस्तलाई सबै भारतीय गोर्खाहरूले बलिंदान दिवसको रूपमा मनाउँछन्। मेजर दुर्गा मल्लको सम्मान स्वरूप भारतीय गोर्खा परिसंघद्वारा २००४का दिन भारतीय संसद भवन कम्पाउण्डभित्र प्रधान मन्त्री मनमोहन सिंह, उप–राष्ट्रपति भाइरोन सिंह सेखावत, लोकसभा सभामुख शोमनाथ च्याटरजी र अन्य गन्यमान्य व्यक्तिहरूद्वारा मेजर दुर्गा मल्लको सालिक अनावरण गरेका छन्। भारतलाई स्वतन्त्र बनाउनको लागि भारतीय गोर्खा एवम नेपालीहरूको ठूलो योग दान छ।

कप्तान रामसिंह ठकुरी –यस क्यालेण्डरमा उनको बारेमा लेखिएको विवरणमा उनी एक स्वतन्त्र अनि संगीतकार हुन्। उनको जन्म १५ अगस्त १९१४ खनयारा, धरमशाला हिमाचल प्रदेशमा भएको थियो। उनी प्रथम गोर्खा राइफलको वेण्डमा हवल्दार मेजरको पदमा भर्ना भई दोस्रो विश्वयुद्धमा ठकुरीलाई सिङ्गापुर र मलस्यामा खटाइएको थियो। सिङ्गापुर ढलेपछि उनी जापान गएर सुवास चन्द्र बोससँग भेट हुन्छ। सुवास चन्द्र बोसले ठकुरीलाई आई. एन. ए.मा नियुक्ति गर्द छन्। हिन्दफौजमा हुँदा उनले अनेकौं देश भक्तिका गीत गाएका साथै कदम कदम बढाए जा र सब सुख चैन जस्ता राष्ट्रिय गीत पनि सामेल छन्। राम सिंहले भारतको राष्ट्रिय गीतमा पनि सङ्गित भरेका छन्। यस्ता राष्ट्र भक्तिले भरिएका व्यक्तिले १५ अप्रैल २००२का दिन यस संसारबाट बिदा लिन्छन्।

भारतीय नयाँ वर्ष जनवरीबाट थालनी हुन्छ। जो वि.सं.को पौषको आधाआधीमा (यस २०१८ को जनवरी १मा पौष १७ गते) पर्छ। नेपालमा शनीवार सार्वजनि बिदाको रूपमा भए जस्तै मनिपुर (भारत)मा आइबार बिदाको दिन मानिन्छ। क्यालेन्डरले बिदाको सााथै महत्वपूर्ण गते समेत समावेश गरेको छ। भानु र कटुवाल जयन्तीको साथै नेपालमा मनाइने सबै चाडपर्वहरू मणिपुरमा पनि मनाइने गरेको देखिन्छ।

क्यालेन्डरको दोस्रो पृष्ठमा सिरोई सिर्जना (मासिक पत्रिका) सञ्चालनमा सहभागी सल्लाहाकारहरू,संरक्षकहरू र कार्यसमितिका नामहरू दिइएको छ। एउटा मासिक पत्रिका सञ्चालनको लागि विद्वान वर्गको सहभागिता गराउनु भनेको एउटा अनुकरणीय काम हो। साहित्य सिर्जनामा यस्ता विद्वान र वरिष्ठ साहित्यकारहरूको सहभागिताले स्तरीय पत्रिकाको सिर्जना हुन्छ समाजलाई अग्रगामी मार्गदर्शन मिल्छ। सिरोई सिर्जनामा सहभागी विद्वान र वरिष्ठ साहित्यकारहरूको नाम पनि समावेश गर्ने अनुमति चाहन्छु।

सल्लाहाकार –प्रेम प्रधान (दार्जिङि), युवराज काफ्ले(सिलगडी),नव सापकोटा (असम), भविलाल लामिछाने (सिलगढी), डा. टंकनाथ खतिवडा (मणिपुर), डा. जीवन राण (डुवर्श), सुकराज दियाली (सिलगढी), शरद क्षेत्री (कालेबुङ), महेन्द्र स्याङ्बो (दार्जिलिङ), डा. किङ्गुनु घर्ती (मिजोराम) मैतराज राणा .(दार्जीलिङ), आ.बी. रुचाल (सिलगढी) र कृष्ण पीं. ठटाल (दार्जिलिङ) गरी १३ जना विद्वान साहित्यकारहरू सल्लाहकार हुनुहुन्छ।

संरक्षक– डा. पुष्पा राइ, दिलीप कुमार कट्वाल, मणिकुमार सुब्बा, जगदीशचन्द्र पाटनी, अर्जुन जोगी, देवीप्रसाद शिवाकोटी, लक्ष्मण बिष्ट, रणबहादुर चापागाई, लक्ष्मण शर्मा, रञ्जन सापकोटा, शिव कुमार बस्नेत, मिना बिष्ट दीपा थापा र होमादेवी उप्रेती गरी १४ जना संरक्षक हुनुहुन्छ।

कार्यसमिति –अञ्जना राई (प्रकाशिका) राहुलराई बोगिको(प्रधान सम्पादक) सूरज चापागाई (सम्पादक), विशाल खवास (प्रबन्धक), विवेक राई (सदस्य), अनिल थापा (सदस्य) र कृष्ण पाठक सदस्य रहेको ७ जनाको कार्यसमितिले सिरोई सिर्जनाको सम्पादन, प्रकाशन र बिक्रि वितरण आदि काममा सहभागिता देखिन्छ।

अन्त्यमा दुलियाजान कला –साहित्य मञ्च दुलियाजान असमलाई मुरी मुरी धन्यवाद दिन चाहन्छु जस्ले हामी सबैलाई एकै ठाउँमा जुटाए र साहित्यिक भावनालाई एक अर्कामा बाड्ने सौभाग्य जुटाइ दियो।

धन्यवाद
सदानन्द अभागी
कावासोती नगर पालिका वडा नं ७, शान्तिचोक साँढ,
नवलपुर, प्रदेश नं ४, नेपाल
प्रतिकृयाको लागि सम्पर्क नम्बर ९८४१३३५९८३,

Leave a Reply

Your email address will not be published. Required fields are marked *