तिम्रो भावना
त्यति नराम्रो त होइन
राम्रै पनि कसरी भनुँ
हेर्दा हेर्दै मेरै अगाडि
प्रतिष्ठित श्रष्टाका कविताको नक्कल गर्दा
कताकता चोर नै हौकि
उब्जिरहेछ मेरो भावना ।
तिम्रो भावना
त्यस्तो उराठिएको त होइन
शान्त नै छ पनि भन्न सक्तीन
अहिले नै दृष्ट्रित गर्दा
आँखामा साउने भेल वगिरहदा
कता कता निर्धन नै हौ कि
उब्जिरहेछ मेरो भावना
तिम्रो भावना
त्यति विभत्स त होइन
अति सुन्दर पनि देख्तिँन
यी नयनहरुको प्रहार पर्दा
तिमीले दुइनम्बरी कपट रचिरहदा
कता कता दुत्करी नै हौ कि
उब्जिरहेछ मेरो भावना
तिम्रो भावना
त्यति दुर्गुणी पनि त होइन
गुणैशोभित पनि नभनुँ
दुइटा नानीले इङ्गित गर्दा
सफेत पानामा दुर्णयको जाल देख्दा
कता कता दुर्नामी नै हौ कि
उब्जिरहेछ मेरो भावना
तिम्रो भावना
त्यस्तो तत्क्षणी त होइन
दीर्घकालीन पनि नभनुँ
देख्दा देख्दै मेरै अघि
महिनेकका निम्ति लाखौँ विनियोजित गर्दा
कता कता दुर्बोध्य नै हौ कि
उब्जिरहेछ मेरो भावना ।