अहो! तातो हावा, सिरसिर चलेको अरबमा।
भए दुःखी सारा, मनहरु कठै यो अरबमा।।
जलेछन् ती सारा, मन र तन बल्दै सगरमा।
र राेई चिच्याई, हरपल सधै याे अरबमा।।१।।
अहाे! साहूका ती, गरम र कडा शब्द मनमा।
बनी भाला काँडा , हरपल यहाँ घाेच्छ मनमा।।
भिजेका यी नानी, नयनहरूका सागर बनी ।
र झर्छन् धर्तीमा, तपतप कठै यी जल बनी ।।२।।
थिए साना साना, टुकटुक हिडेका घर भरी।
रमेका ती प्यारा, सकल दिलले त्याे वरिपरी।।
हुँदा टाढा बाबा, हरपल अहाे त्याे छटपटी।
त्यहाँ मेराे काया, सकल नहुँदा रून्छन कति ।।३।।
थिए सारा प्यारा, मन र मुटुमा ती जन सबै।
बसेका ती हाँसी, मुसुमुसु परी झै खुसि सधै।।
तिनैका ती न्याना, शुभ बचन छन् भित्र दिलमा।
र लाखौं कष्टैमा, पनि हरघडी रम्छु मनमा।।४।।
यहाँकाे याे गर्मी, चिटचिट बगेकाे छ पसिना।
चटारो कामैकाे, डर छ कसरी पुग्छ सपना।।
घडीकाे काँटा झँ, टिकटिक सधै चल्छ दिन यी।
सहारा अाफ्नाे काे,छ बिरहि भयाे याे मन अति।।५।।
बिरानाे याे माटाे, रगत पसिनाले सब भिज्याे ।
कयाै अस्ताएछन् , सपुतहरू सारा खुसि बित्याे।।
सुनाैला ती अाशा,लतपत भएछन् अरबमा।
र यस्तै हाम्रा छन्, सुख दुख कथा याे अरबमा।।६।।
धन्यवाद।
यादव प्रसाद दुलाल “गाउँले”
इटहरी उपमहानगरपालिका
हाल युएइ
कविता
श्री सम्पादक ज्यू
मेराे छन्द कविता अरबमा यस मझेरी डट कममा प्रकाशीत गरिदिनु भएकाेमा धेरै धेरै धन्यवाद प्रकट गर्दछु।
धन्यवाद।
दुलाल भइ छन्दमा कविता लेख्नु
दुलाल भइ छन्दमा कविता लेख्नु हुँदाे रहेछ । निकै खुसी लाग्यो । तर छन्दमा कविता लेखेपछि कसर मसर बिनाकाे लेख्ने प्रयत्न गर्नु पर्छ । यसमा एक दर्जन भन्दा बढी गल्ती छन् । तिनलाइ पत्ता लगाएर सुधार्नु होला । अनि यसाे अलिकति बिचार गरे ता भइहा्ने । जस्तैं थिए ती सा साना भनेकाे ठाउँमा थिए साना साना भनेको भए कति मजा भइहाल्थ्यो त । बरु छन्दमा कविता लेख्ने अभ्यास गर्न मन भए बेलुका साढे सातदेखि नाै बजेसम्म प्रतिभा निकुञ्जकाे छन्द अभ्यामा अाउनु हुन पनि अनुराेध गरेको छु । तर मलाइ थाका छ मझेरीमा दिएकाे प्रतिक्रिया र सुझाब कसैले पनि हेर्दैन । खाली मझेरीलाइ सामग्री हाल्ने भाँडो मात्र बनाउँछन् । मलाइ यसमा दुःख लाग्छ ।