Skip to content

छन्द:-शार्दूलविक्रीडित
आमाकाे सम्झना

अामाकाे ममता अपार छ यहाँ काे सक्छ है बिर्सन।
अामा हुन् धरणी बराबर छ काे प्याराे छ उन्काे मन।
अामाकाे गुणगान गर्छु मनले सम्झन्छु माया पनि।
अामा नै नभए छ जीवन कहाँ पाइन्न पाइन्न नि।।१।।

गर्छिन् प्यार बराबरी हृदयले सन्तानका खातिर।
भूल्ने छैन कसै गरी जगतले तिम्रा कथा आखिर।।
आमा जन्म दियौ बडाे रहरले भोगेर पीडाहरू।
तिम्रो त्याग सदैव उच्च छ यहाँ चाहिन्न केही अरू।।२।।

तिम्रो साथ भएर हो कि जननी हाँस्थे म उन्मादले।
मेरा कान समाइ भित्रि मनले दिन्थ्याै क्षमा प्यारले।।
आँखाबाट झरेर आँसु भल भै बग्थे नि भूस्वर्गमा ।
मेरो बाबु भनी फकाइ मनले राख्थ्यौ सधै काखमा।।३।।

सानाेमा म थिए अज्ञान बबुराे लाटाे बनी बस्दथे।
तिम्रो आँचलमा छुपेर जननी आनन्द भै लुक्दथे।।
मेरा उट्पटयाङ् छलाङ बहुतै दिन्थे नि कष्टै कति ।
मेराे मन्द हसाइको नजरमा मख्खै तिमी माँ कति ।।४।।

भोकाएर म रुन्थिए नि जननी खाना दिदै हातले।
मेराे पेटसुधा भरी कन म ता नाँच्थे खुसी साथले।।
याे मेराे मुखकाे पुकार पहिलाे अामा कि अामा थियाे।
बाेलीकाे रसमा मिठास कति हाे साैभाग्य मेराे थियाे।।५।।

मेराे बाल्यपना बितेछ जननी हाँस्दै र खेल्दै हगी?।
तिम्रो त्यो ममता बिना हरघडी एक्लाे भयाे जिन्दगी।।
यो मेरो दुनियाँ भएछ टुहुरो छोडेर जाँदा तिमी।
रातै रात भएछ क्यार जग नै आमा नहूँदा तिमी।।६।।

अामा हुन् जगकी अमूल्य गहना पाइन्छ खाेजी कहाँ?।
याे सारा जगकाे मुहान धनकी भेटिन्छ यस्ती कहाँ?।।
आमाको महिमा गरेर मनु हो पाइन्छ सारा सुख।
अामा कै ममता भएर सबले भुल्छन् नि सारा दुख।।७।।

लेख्ने छन्द प्रयास यो रहरले लेखे नि तिम्रै कुरा।
लाखौं शब्द र वाक्यले पनि सधै के पूर्ण हाेलान् कुरा।।
त्यस्ताे के छ र लाेकमा चिज दिऊ आमा तिमीलाइ म।
बिन्ती गर्छु दया र माफ गर है यी शब्द अर्पन्छु म।।८।।
यादव प्रसाद दुलाल “गाउँले”
इटहरी सुनसरी
हाल युएई
०७/०८/२०७५

Leave a Reply

Your email address will not be published. Required fields are marked *