Skip to content

मधुर शुभ काम्ना हजुरमा


भयो जाडो ऐले लुगु लुगु कपायो मकनता।
सिटा मो लै खाएँ घुटु घुटु नि लेँ पेट भर ता।
भयो एकै घन्टा अलिअलि झ र्यो ताप शिरमा ।
छु ऐन्टी बायौ टीक निश दिन खाँदै मत यता।

दशैँ आयो भन्छन् मधुर मधु मा नै अनरसा ।
पकाएको हेरी टुलु टुलु बसी निल्छु रसना ।
दशैको टीका ला-उन कसरि जाउँ भन मता ।
नलाई टीका नै कसरि खाउँ अब मता ।

भवानीबाटै अा-शिष लिन म ऐले मनमनै।
छु बस्दै ध्यानै मा नयन नउघारी मन मनै ।
छ आशा मेरो है निकट दिन स्वस्थै मत हुने।
दशैँ राम्रै होला भनिकन म स्वस्थै अब हुने !

छ धेरै आजै नै मधुर शुभ काम्ना हजुरमा।
बडा यो आएको नजिक दशमीको दिवसमा।
सदा मंगल् होस् है सवजन सु स्वास्थै सकलमा।
दिने छन् दुर्गा आशिष सकल हाम्रै सु-तनमा ।

सन्ध्या ७ बजे, २६।६।०७५

Leave a Reply

Your email address will not be published. Required fields are marked *