Skip to content



बाटो लामो अनेक रंगमा फुल्दै हिडे म
हर्षहरू बाड्दै आए आँशुहरू भुल्दै हिडे म ।

हर बिहान तर्दै साँघु बेसी खोलामा
फर्कन्छु सपना बोकी मनको झोलामा
बाटो लामो अनेक रंगमा फुल्दै हिडे म
मिलनको यादमा बाँचे चोट भुल्दै हिडे म ।

धेरै देंखे जिन्दगीमा पुंगे धेरै ठाउँमा
मनभित्रै फुल्छ खुशी स्वर्ग आफ्नै गाउँमा
बाटो लामो अनेक रंगमा फुल्दै हिडे म
आशाको दियो बाले रातहरू भुल्दै हिडे म ।

डुम्रिबेसी, तनहुँ
हाल: मन्ट्रियल, क्यानाडा

Leave a Reply

Your email address will not be published. Required fields are marked *