Skip to content

माथि हेर्दा हिमाल (बालगजल)


माथि हेर्दा हिमाल
टल्क्यो टलल्ल
तल मधेश रमाइलो
देख्दै झलल्ल

उता नदी खोला छन्
यता छहरा
वनको बाटो झरेर
बग्छन् सलल्ल

पहाडमा खेताला
डल्ला फोर्दैछन्
पसिनाले भिजेर
भई खलल्ल

लेक पुगी गुराँस
टप्प टिपेर
मीठो हाँसो सबैले
हाँसौँ हलल्ल ।

– रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ ।
२०७५/०२/०५

Leave a Reply

Your email address will not be published. Required fields are marked *