मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
प्रेम भूलको परिणाम
editor — Tue, 10/30/2018 - 03:29
त्यसपछि उसले भनी, "तपाईको कथाले नराम्रो गरी रुवायो।"
मैले भने, "हो के ? यसै भनेको होला।"
"हैन... हैन..., सत्ते होला। किन ढाँट्नु र!" उसको जवाफले अलिकति शान्त पार्यो। तर, अनेकन् प्रश्नहरू उब्जाएर।
त्यसपछि उसले आफ्ना मनका पीडा ओकली। शायद मन शान्त पारी। किनभने मान्छेको मन न हो। कतिबेला धुम्म हुन्छ थाहा हुन्न। बरु आकास खुल्ला तर मान्छेको मनको आकास खुल्न त शान्ति नै हुनुपर्छ। त्यो पनि मनको शान्ति।
शायद त्यो दिनको पर्खाइमा हुन्छ, मान्छे। जुन दिन र समय, जसले उसको मनलाई अलिकति भएपछि मल्हमपट्टी लगाओस्।
आज उसले त्यसै गरी। दशैको समाप्तीसँगै उसको आगमनले अलिकति रौनकता थपेको हुन्छ।
"अनि कस्तो भयो त घुमघाम?"
मेरो प्रश्नको गोलमटोल उत्तर थियो, "रमाइलै भो...।"
"रमाइलो त के भन्नु ? यो उमेरमा अब के पो रमाइलो होला र ? तैपनि... रमाइलै भो भन्नु पर्छ नि ..., उसका सहज प्रकृतिका उत्तरले केही सोच्न त बाध्य पार्छ। तर, त्यसको कारण खोतल्नुभन्दा पनि अरु नै कुरा गर्नु उचित लाग्छ मलाई। किनभने अरुको बैयक्तिक जिन्दगीमा धेरै टिप्पणी र चासो देखाउनु उचित हुन्न पनि।"
"हो, ऊ मेरो कथाको फ्यान हो।" पछिल्लो पटक अनलाइनमा आएको त्यो कथाको उसले अचम्म गरी प्रसंसा गरी।
भनी, "हैन...यस्ता यस्ता कुराहरू लेख्न कहाँबाट आउँछ, तपाईलाई ?"
प्रसंसासँगै मिसिएको प्रश्नले जवाफ दिन बाध्य नै पार्दो रहेछ नि।
"आइहाल्छ नि। कथाका पात्रहरुको संगतले हो, यस्तो भएको," मैले कनिकुथी कुरा फर्काएँ।
शायद उसले चित्त बुझाई होला।
उसले थपी, "तपाईले लेख्नुभएको त्यो कथा थियो नि। मैले त्यो कथा ५० जनालाईभन्दा बढीलाई पढाइदिएँ कि। तर, धेरेले त केही बुझेनन् रे।"
मैले भनें, "कसरी बुझुन् त। किनभने त्यो त कथा न हो। कथालाई बुझ्न निक्कै गाह्रै पर्छ नि। जसले जीवनमा हरप्रकारको पीडा र दुःखलाई झेलेको हुन्छ, उसलाई त त्यति गाह्रो हुन्न। तर, सुखसयलमा बिताएको मान्छेले त कथाको भाव के बुझ्ला र ?"
उसलाई मेरो कुरामा दम छ भन्ने लागेछ।
"अनि नि ... !"
"वास्तवमा ठीकै भन्नु भो। हरेक मान्छेले जिन्दगीका पीडामा बाँच्न कहाँ सिकेका हुन्छन् र ? आज मलाई तपाईका कुराले मन छोयो। धेरैले त जिन्दगी के हो ? यसको परिभाषा कसरी गर्ने र कसरी सहज तरिकाले जीवन बिताउने भन्ने नै सोचेका हुँदा रहेनछन्। एउटा भूललाई नै जीवनको अन्तिम भूल सम्झेर बाँच्नेहरू धेरै रहेछन्। तर, त्यो भूलबाट पाठ सिकेर कसरी अगाडि बढ्ने भन्नेमा कमैको ध्यान जाँदो रहेछ।"
परिणामतः मान्छेको जीवनमा क्षति पुग्छ। मुलकुरा त सोच्न सक्ने क्षमतामा पनि भर पर्ने रहेछ नि। सानो उमेरमा गरेको गल्ती प्रति आज आएर पछुताउनुको के अर्थ छ र ? बरु त्यो एउटा महान भूल थियो भनेर स्मरण गरे त भैहाल्यो नि। के भोर, बाँच्ने उमेर धेरै नै हुन्छ। त्यो पीडालाई मनमा सजाएर कहिलेसम्म बाँच्ने ?
एउटा कफी सप। आज रित्तो छ। शायद मान्छेहरू दशैंकै रमझममा छन् जस्तो छ।
एउटा मान्छेको मायाले कति फरक पर्दछ, जिन्दगीमा...
एउटा साथीको साथले कति फरक पर्दछ, जिउनुमा...
उसले यो गीत गुन्गुनाई।
शायद उसले आफूले हिजो भोगेका दुःख र पीडाका ती दिनहरू सम्झी।
वास्तवमा उसले अस्ति नै भनेको कुरा थियो त्यो। जब उसले कक्षा ८मा पढ्दा पढ्दै प्रेम गरेकी थिई। पछि त्यो प्रेम, काँडा बनेर उसको शरिरमा बिझेको थियो। एकपटक मान्छेको जीवनमा बिझेको काँडा त्यसै सजिलो गरी कहाँ झिकिदो रहेछ र ? त्यो प्रेम भूल बनेर सजिएको थियो, उसको जिन्दगीमा।
एकप्रकारले भन्ने हो भने, उसले गुन्गुनाएको नारायण गोपालको त्यो गीत र मान्छेको जीवनमा के अन्तर रहेछ र ? तर, उसले त्यो परिबेशलाई भोगी र नयाँ जीवनको शुत्रपात गरी। उसले त्यो पीडादायी क्षणलाई बिर्सेर अगाडि बढ्न चाहिं र सफल पनि भई।
बाध्यतामा बाँच्न कहाँ सहज थियो र ? एउटी घरपरिबार भएकी महिलाले त्यो परिबार चटक्कै छाड्न। पूर्वेली समाजको दोष हो, यो पश्चिमेली समाजको प्रभाव हो, उसले एउटा आँट गरी।
उसले भनेकी थिई, "जब उसले मेरी बहिनीलाई मेरै सौता बनायो। तब मैले उसको साथ छाड्ने निधो गरेकी थिएँ। त्यो बेला मेरो मुटुको टुक्रालाई उतै छाड्न बाध्य हुनु पर्यो। मुटुको टुक्रा अर्थात् मेरी छोरी। हाम्रो प्रेम भूलको परिणाम थिई ऊ। तर, मेरा लागि ऊ मुटुको टुक्रा।"
आज त्यो मुटुको टुक्रा ऊसँगै छ। मानौ, उसको आफ्नै मुटुमा टासिएर बसेको छ।
दशैमा ऊ आफ्नो परिवारसँग घुम्न निस्केकी छे।
फेसबुकमा अस्ति भेटिएको तस्बिरमा ऊ देखिन्छे। उसकी आमा र नयाँ बाबुसँगै टासिएर उसले खिचेको फोटोले मन तान्छ। सँगसँगै एउटा ऊ जत्रै एउटा केटो पनि देखिन्छ। शायद त्यो उतापट्टीको छोरो हुनुपर्छ। अनुमान लगाउन सजिलै हुँदो रहेछ। तर, मेरो अनुमान गलत साबित भएन। हो रहेछ, त्यो केटा त त्यो नानीको दादा रहेछ।
कहिलेकाहीं, नराम्रो हुनु पनि राम्रो हुँदो रहेछ।
रातपछि दिन हुन्छ हेर बिहान। शायद यो भनाईले यतिबेला थपडी पाइरहेको छ। जसरी रातले कष्ट दिन्छ, तर दिनले मान्छेलाई उर्जा भर्छ। त्यही रातको पीडा बिर्सेर मान्छे अगाडि बढ्छ, ऊ सफल हुन्छ। रातरुपी अनेकन् असफलतालाई एउटा भूल सम्झेर नयाँपनको खोजीमा लागेको मान्छे प्रायः माथि नै पुगेको छ। तर, जीवनका दुई पाटाहरुलाई केबल आत्मसात गनै मात्र सक्नु पर्दछ। त्यो चाहे रात होस् या दिन, उसले सही र गलत चरित्रलाई चिन्न मद्दत गरिरहेको हुन्छ।
जसले त्यो सही र गलत प्रबृति र पात्रहरुलाई चिन्यो, उसले जिन्दगी गाडी सही ढंगले अगाडि बढायो। नत्र जीवनले ब्याक गिएर लगाउँछ।
घुम्नु पनि जीवन रहेछ। उसले प्रारम्भको कुरामा कुरा पुर्याई।
शायद बल्ल उसले जिन्दगी बाँच्नुको अर्थ महसुस गरी।
तीर्थ सिग्देल
बिर्तामोड, झापा
- 693 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
1 day 4 hours ago - सानो आग्रह गरे है सर
1 day 22 hours ago - कत्रो दुर दर्शिता
6 days 7 hours ago - सुनमा सुगन्ध हुने थियो कि
6 days 22 hours ago - appreciate
4 weeks 6 days ago - आभार
5 weeks 1 hour ago - बहुत खुब कहिल्छि ।
5 weeks 3 days ago - आभार प्रकट गरे
5 weeks 5 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 5 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 weeks 5 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- प्रेमिलहरूको प्रेम दिवस
- विद्यार्थी हुँ म
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- प्रिय मेरी मायालु तिम्रो यादमा
- काली
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- देशभक्त हुँ म
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- मन्दिरमा धुप बत्ती डढाई के हुन्छ र ?
- होइन भने नेपाली नभन
- मेरै गल्ती भए भन किन मनमा राख्छौ?
- 'मनको मझेरी'मा बस्दा
- मेरी श्रीमती
- मनमा छरिएको उज्यालो
- योग- वियोग जीवन चक्र
- देश दुखेको बेला
- सधैंभरि हाँस्न सकिन्न
- मुटु जलिरहेछ
- कुनै मोज मस्ती छैन
- सम्झनामा उदायौ
- दृष्टान्त
- यति धेरै माया दिई मनभरि दुख नदेऊ
- मर्ने र मार्ने खेल..............(गजल)
- प्रेम र विश्वास
- सपना
- छिमेकीको छाता र छाडा छोराहरू
- अमृताकी छोरी
- फेवातालमा साईली
- दुई मुक्तक (प्रणय दिवश विशेष)
- आभास (मुक्तक)
- प्रेमको तमसुक लेख्न पाए हुन्थ्यो
- भिजेका अक्षर (खण्डकाव्य)लाई सरसर्ती पढ्दा
- जाग्नुपर्छ सधैं
- नाग नागिनीको कथा
- संबिधान साँच्चिकै संबिधान बनोस
- विवाह (एकाङ्की)
- अनौठो पो हुदो रैछ
- गज़ल
Post new comment