Skip to content


अघि बढ् बन राप र ताप युवा।
जुट एक भई फुक शंख युवा।
गर साहस भित्र सधै नि युवा।
कहिल्यै पनि हार नमान युवा।।१।।

नहटी पछि लाै अघि लम्क युवा।
अघि बढ् अघि बढ् मनदेखि युवा।।
दिनरात यता र उता नगरी।
पथ खाेज सधै सहयाेग गरी ।।२।।

जुट हिम्मत जाेड अबेर भयाे।
पथ भष्ट भई झन देश डुब्याे।।
मनमा बटुली अब साहस त्याे।
अघि बढ् चुप लागि हुदैन अहाे।।३।।

मनबाट तरङ्ग र ज्वार यहाँ।
पसिना अनि रक्त बगाउ यहाँ।।
घनघाेर मुहान फुटाउ यहाँ।
तब मात्र उदाउँछ जून यहाँ।।४।।

रिस राग नराख सफा मन हाेस्।
धन बैभव लाेभ र माेह नहाेस्।।
मनमा अरूकाे कुभलाे नफुलाेस्।
र सधै निमुखाहरूमा मन हाेस्।।५।।

अपराध जहाँ छ र हुन्छ कतै।
मुख माेडि नहिड्नु नभाग्नु कबै।।
मन भित्र सदैब रहूँन शुभ।
नहुने मति त्याग हटाेस् अशुभ।।६।।

अति भाे अब लम्क र चम्क युवा।
बन कर्मठ पुत्र सदैब युवा।।
अरूका हितमा सपना नबनाेस्
मनमा कुविचार हटाेस् र मराेस्।।७।।

धवलागिरि झै मन हाेस् अटल।
धुल झै कणकाे नबनाेस् सकल।।
उठ लाै अब जाग यहाँ जसरी।
पथ खाेज र लम्क सधै जसरी।।८।।

धन्यवाद।
यादव प्रसाद दुलाल “गाउँले”
इटहरी उपमहानगरपालिका
हाल युएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *